राहत माग्न जाँदा कुटिए गरिब र विपन्न परिवार
जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा राहत माग्ने स्थानीयवासीलाई प्रहरी ले कुटपिट गरेको छ । राहत वितरणमा विभेद गरेको आरोप लगाउदैँ स्थानीयवासीले विरोध गरेपछि प्रहरीले कुटपिट गरेको स्थानीयवासीको आरोप छ । स्थानीयवासीले पारदर्शीरुपमा राहत वितरण गर्न माग गरेपछि जनकपुरधाम–१४ का वडाध्यक्ष पुण्यप्रसाद यादवको निर्देनमा आफुहरुमाथि कुटपिट भएको स्थानीयवासीको आरोप छ । कुटाईबाट एक दर्जन स्थानीयवासीको शरीरमा निलडाम देखिन्छ ।
प्रहरीको लाठीबाट गायत्री महता, राजकुमारी भगत, मधुरी यादव, रामकुमर चौधरी, रिनादेवी यादव, देवेन्द्र महतो, दिपक पटेल, उदय यादव, रामकुमार चौधरी, रामसुखित यादव, उपेन्द्रकुमार साह लगायतकालाई चोट लागेको छ । राहत वितरणमा बड़ाध्यक्ष यादवले विपन्न र गरिवलाई छोडेको आरोप लगाउदै स्थानीयवासीले विरोध गरेका छन् ।
वडाध्यक्ष यादवले भने विपक्षी दलले जानी जानी विरोध गरेको दावी गरे । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका वडाध्यक्ष यादवले नेकपाका प्रतिनिधिले आफूलाई बद्नाम गर्नका लागि षडयन्त्र रचेको आरोप समेत लगाए ।
उता, प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले राहत वितरणको क्रममा वडा कार्यालयमा सामाजिक दुरीको पालना नभएकाले प्रहरीले बल प्रयोग गरेको स्वीकारे । उनले सामाजिक दुरीको पालना र राहत वितरणको क्रममा नारावाजी भएपछि भिडलाई नियन्त्रण गर्ने क्रममा समान्यरुपमा बल प्रयोग गर्नुपरेको उनले स्पष्ट पारे ।
यता, प्रहरीको लाठीबाट कुटाई खाएकाहरुले भने राष्ट्रिय मानवअधिकार आयोग जनकपुरधाममा उजुरी दिने भएका छन् । स्थानीय दिपक पटेलले राहतका लिन गएको गरिब र विपन्न परिवारलाई वडाध्यक्ष यादवले बेवास्ता गरेपछि आफुहरुले त्यसको विरोध गर्दा योजनाबद्ध तवरले कुटपिट भएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण