शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सयौं संख्यामा भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थाले

मङ्गलबार, २३ वैशाख २०७७, ०७ : १७
मङ्गलबार, २३ वैशाख २०७७

राजविराज – नेपाल–भारत सीमानाका बन्द रहेका बेला सयौं संख्यामा भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थालेका छन्। कोसी बाँधको काम सुरु भएसँगै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१२ का बासिन्दा विरोधमा उत्रिएका छन्। 

स्वास्थ्य र सुरक्षाका कुनै पनि मापदण्ड पूरा नगरी भारतीय र अन्यत्र जिल्लाका मजदुर ल्याएर कोरोना भित्र्याउन खोजेको भन्दै उनीहरूले सडक अवरुद्ध पारे।

हनुमाननगर कंकालिनी नगरपालिका(१२ का मो. साबिरले भने, ‘हामीले आफ्नै ठाउँमा सीप प्रयोग गर्न पाएका छैनाँै, बालबालिका भोकै छन् तर सीमापारिबाट हुल बाँधेर आएका भारतीय काम गरिरहेका छन्।’ कोरोनाको भयले आवतजावत गर्ने डुंगासमेत बन्द गरिँदा माछा मार्ने काम ठप्प भएको जनाउँदै उनले बाँधको स्पर मर्मतका लागि भारतीय मजदुर ल्याएर कोरोना भित्र्याइरहेको आरोप लगाए। 

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति अपनाउनुपर्ने सामान्य सतर्कतासमेत नअपनाई भारतीय ठेकेदारले काम गरिरहेकोे भन्दै स्थानीय सूर्यनारायण मण्डलले विरोध जनाए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनोहर पोखरेलले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप