सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – दोस्रो विश्वयुद्धमा जर्मन फौजद्वारा आत्मसमर्पण, जनरललाई पहिले फासी, अनिमात्रै माफी

बिहीबार, २५ वैशाख २०७७, ०६ : ४१
बिहीबार, २५ वैशाख २०७७

आज मे ७ । सन् १९४५ मा जर्मन सेनाका तर्फबाट जनरल अल्फर्ड जादोले बिना शर्त मित्रराष्ट्रसामु आत्मसमर्पण गरे । यससँगै विश्वयुद्धमा जर्मनीको सहभागिता अन्त्य भयो । उत्तरपूर्वी फ्रान्सको रेइममा भएको यस सम्झौतामा र पूर्व र पश्चिममा खटिएका सबै जर्मन फौजले एकसाथ आत्मसमर्पण गर्ने उल्लेख थियो ।

सुरुमा जनरल जादोले पश्चिमासँग भिडिरहेका जर्मन फौजले मात्रै आत्मसमर्पण गर्ने प्रस्ताव ल्याएका थिए । तर यसलाई मित्रराष्ट्रले अस्वीकार ग¥यो । त्यसपछि सबै जर्मन सेनाले बिना शर्त आत्मसमर्पण गर्ने सहमति भयो । उता, ३० अप्रिलमै हिटलरले आत्महत्या गरिसकेका थिए । उनका उत्तराधिकारी कार्ल डोनिच्टलाई जादोले रेडियोमार्फत यो सूचना दिए । डोनिच्टले सम्झौता गर्नका लागि निर्देशन दिए । लगत्तै सम्झौता भएपछि कागजी रुपमा विश्वयुद्धमा जर्मनी हा-यो र पश्चिममा तत्कालै सम्झौता कार्यान्वयन भयो, पूर्वतर्फ अर्को दिनसम्म जर्मनीले भिडन्त गरिरह्यो । यस सम्झौतामा रुसी जनरल इभान सुल्भोपारोभ, फ्रान्सका जनरल फ्रान्कोइस सेभेज र अमेरिकी जनरल वाल्टर बेडले स्थिम साक्षी थिए ।

यस सम्झौताका बाबजुद अल्फ्रेड जादोलाई युद्ध अपराधमा दोषी ठहर गरियो । उनीविरुद्ध बन्दीलाई गोली ठोकेको आरोप थियो । यही अभियोगमा १६ अक्टुबर १९४६ मा उनलाई फाँसी दिइयो । तर मृत्युपछि १९५३ मा जर्मन अदालतले उनले अन्तर्राष्ट्रिय नियम नमिचेको ठहर ग¥यो, मृत्युपछि माफी भयो ।

सन् १८६१ – रवीन्द्रनाथ टैगोरको जन्म । कवि, संगीतकार, कलाकार तथा आयुर्वेदका अनुसन्धानकर्ता टैगोरले सन् १९१३ मा साहित्यतर्फ नोबेल पुरस्कार जिते । उनी नोबेल पुरस्कार जित्ने पहिलो एशियाली हुन् ।

सन् १९४०, विस्टन चर्चिल बेलायतको प्रधानमन्त्री बने । उनकै नेतृत्वमा बेलायत विश्वयुद्धमा विजयी भयो । सन् १९५१ देखि १९५५ सम्म चर्चिल दोस्रो कार्यकाल प्रधानमन्त्री बने ।

सन् १९७५, अमेरिकाद्वारा भियतनाम युद्ध समाप्त भएको घोषणा । यो युद्ध १९ वर्ष ५ महिनासम्म चलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप