हालसम्म भ्याक्सिनको कुनै ग्यारेन्टी छैनः डा. एन्थोनी फाउची
अमेरिकाका संक्रामक रोगका शीर्ष विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकी सिनेटरलाई लकडाउन खोल्ने विषयमा चेतावनी दिएका छन् ।
उनले हतारमा लकडाउन हटाइए कोरोनाको संक्रमण तीब्र रुपमा फैलने र लकडाउन खोल्ने बेला दिशानिर्देशको पालना गरिएन भने कोरोना संक्रमणले लाखौं मानिसहरुलाई गाँज्ने चेतावनी दिएका छन् ।
उनले अमेरिकामा मृत्यु हुनेको संख्या आधिकारिक ८२ हजारभन्दा पनि बढी हुनसक्ने बताएका छन् । एन्थोनी फाउचीको भनाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भन्दा भिन्न छ । ट्रम्पले अर्थव्यवस्थालाई पुनः सुचारु गर्नका लागि लकडाउन खोल्न चाहन्छन् । अमेरिकी राष्ट्रपतिले यसका लागि गाइडलाइन्स पनि जारी गरेका छन् ।
फाउची मंगलबार अमेरिकी सिनेटलाई भिडियो कन्फरेन्सिङमार्फत् सम्बोधन गरिरहेका थिए । अमेरिकाका विभिन्न प्रान्तमा लकडाउन खुकुलो पारिएको छ, उक्त प्रान्तमा संक्रमणको दर बढ्दो छ । एन्थोनी फाउचीले कोरोनाको संक्रमण सम्हाल्नै नसक्ने गरी फैलन सक्ने बताउँदै यस्तो स्थितीमा अर्थव्यवस्थालाई झट्का लाग्नुका साथै धेरैको ज्यान जानसक्छ ।
उनले सेप्टेम्बर महिनामा कोरोनाको संक्रमण पुनः बढ्न सक्ने बताएका छन् । उनले यसको पूरा सम्भावना भएको धारणा व्यक्त गरेका छन् । कोरोना संक्रमणको दोस्रो लहरको खतरा भएकोले आफूहरुले निकै प्रभावकारी ढङ्गले यसबाट सुरक्षित रहने उपयबारे सोच्नुपर्ने उनले बताए ।
डाक्टर फाउचीले कोरोनाका लागि भ्याक्सिन तयार गर्ने विभिन्न कोसिस चलिरहेको तर ती भ्याक्सिन प्रभावकारी हुने नहुने भन्ने विषयको कुनै ग्यारेन्टी नभएको पनि बताए ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण