नवलपरासीका पहिलो कोरोना संक्रमित भारतबाट अवैध बाटो हुँदै नेपाल आएका थिए
परासी । पश्चिम नवलपरासीका पहिलो कोरोना संक्रमित अवैध बाटो हुँदै नेपाल आएको खुलेको छ । संक्रमित व्यक्ति प्रतापपुर गाउँपालिका वडा ५ श्रीरामपुरका ३६ वर्षीय पुरुष हुन् ।
संक्रमित व्यक्ति यही बैशाख २८ गते भारतबाट नेपाल प्रवेश गरेका थिए । उनी सहजै नेपाल प्रवेश नपाएपछि अवैधबाटो हुँदै नेपाल प्रवेश गरेका हुन् ।
तर उनलाई घर पुग्न नपाउँदै स्थानीयहरुले बैदौली पुलबाट नियन्त्रणमा लिइ गाउँपालिका र प्रहरीको सहयोगमा क्वारेन्टाइन पठाएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयले २९ गते उनको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । जिल्लामा अहिलेसम्म अरुको रिपोर्ट नेगेटिभ आएको र उनमा मात्र कोरोना पोजेटिभ देखिएको छ । जिल्लामा कोरोना पोजेटिभ भेटिएपछि स्थानीयमा सन्त्रास बढेको छ ।
जिल्लाको प्रतापपुर गाउँपालिकाबाट उनीसहित ३० जनाको कोरोना परीक्षणका लागि स्वाब नमुना संकल गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।
हाल क्वारेन्टाइनमै रहेका उनलाई उनलाई जिल्लाको पृथ्वीचन्द्र अस्पतालको आईशोलेसनमा पठाउने तयारी भैरहेको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण