आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बबी डार्लिङको आरोपः नशामा कुटपिट र अप्राकृतिक सेक्स गर्छन् श्रीमान्

सोमबार, १९ भदौ २०७४, १२ : ४६
सोमबार, १९ भदौ २०७४

बलिउड नायिका बबी डार्लिङ उर्फ पाखी शर्माले सन् २०१६ मा फेब्रुअरीमा भोपालका व्यवसायी रमणीक शर्मासँग विवाह गरेकी थिइन् । रिपोर्टका अनुसार अब बबीले दिल्ली पुलिसमा श्रीमान् रमणीकका विरुद्ध घरेलु हिंसा र अप्राकृतिक यौनसम्बन्धको मुद्दा दर्ता गरेकी छिन् । बबीका अनुसार रमणीकले उनीसँग रक्सीको नशामा कुटपिट गरे र उनको सम्पत्ति र पैसा पनि जफत गरे । यतिमात्र होइन, उनले मेरो हरेक पुरुषसँग सम्बन्ध भएको आरोप लगाइरहन्थे ।

बबीले भनिन्, ‘मलाई यति धेरै पिट्दथे कि म कपडामा नै पिसाब गर्छु’

एक चर्चित पत्रिकासँग कुराकानीमा बबी डार्लिङले श्रीमान् रमणीकमाथि आरोप लगाउँदै विवाह लगत्तै उनको पैसाले एसयूवी खरिद गरे । उनले भनिन्, ‘मेरो मुम्बईको फ्ल्याटमा पनि उनी जबर्नस्ती पार्टनर बने ।’

‘यतिमात्र होइन उनले बिल्डिङको गार्डलाई ममाथि नजर राख्नका लागि पैसा पनि दिए । उनले मेरो हरेक व्यवहारको जानकारी उनलाई दिने गर्दथे ।’

‘जब म यी कुराबाट वाक्क भएँ र आपसी सहमतीमा उनीसँग सम्बन्धविच्छेद गर्ने र  आफ्नो पैसा र कार फिर्ता चाहिएको बताएँ ।’

‘तर उनी मेरो कुरामा सहमत छैनन् । उनले ममाथि कुटपिट गर्छन् । मलाई मेरो सम्पत्ति चाहिन्छ र म त्यसलाई बेचेर मुम्बईमा पुनः शिफ्ट हुनेछु ।’

बबीका श्रीमान् रमणीकले बताए यस्तो कहानीः

दोस्रोतर्फ बबीका श्रीमान् रमणीकले एक भिन्न कहानी बयान गरेका छन् । उनी भन्छन्, ‘उनी पूर्ण रुपमा झुट बोलिरहेकी छिन् । उनी मेरो सम्पत्ति, पैसा र सुन लिएर भाग्न चाहन्छिन् त्यसकारण मैले उनीविरुद्ध एफआइआर दर्ता गराएको छु ।’

‘यहाँसम्मकी मेरो पूरा परिवारको इच्छा विपरित मैले बबीसँग विवाह गरें । उनले मसँग झुटो बोलिन् कि उनी गर्भधारण गर्न सक्छिन् । तर जब पछि मलाई थाहा भयो कि उनी बच्चा जन्माउन असक्षम छिन् तब मैले आइभीएफमार्फत बच्चा जन्माउन सक्छौं वा कसैलाई धर्मसन्तानको रुपमा स्विकार गर्नेछौं । तर उनले आफू बच्चाको जिम्मेवारी उठाउन नसक्ने बताइन् ।’

विवाह अघि गराइन् लिङ्ग परिवर्तनः

विवाहको निर्णय बबी डार्लिङका लागि सजिलो थिएन । यसका लागि उनले आफ्नो नाम परिवर्तन गरिन् र बैंकक गएर लिङ्ग परिवर्तन गराइन् । यसबारे बबी डार्लिङले भनिन्, ‘श्रीमानको आग्रहमा विवाहपूर्व मैले शल्यक्रिया गराएकी थिएँ । मसँग सर्जनको सर्टिफिकेट पनि छ । यो निकै पीडादायी प्रक्रिया थियो जसमा रमणीकले मेरो साथ दिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप