सुनकै स्टाइलमा भन्सार छलेर यसरी भित्रिन्छन् महंगा मोबाइल
काठमाडौँ । गाडीमा फल्स बटम बनाई भन्सार छलेर सुन ल्याउने गरेको समाचार हामीले बारम्बार पढेका छौँ । सोमबार मात्र राजधानीमा यस्तै विधि प्रयोग गरेर भित्रिएको ८८ किलो सुन प्रहरीले फेला पारेको छ ।
यसरी गाडीको विभिन्न भागमा लुकाएर सुन मात्र नभएर विभिन्न ब्राण्डमा मोबाइल पनि तस्करी हुने गरेको खुलेको छ ।
प्रहरीले यसरी अवैद्य रुपमा भित्र्याइएका १३४ थान मोबाइल र लत्ताकपडा फेला परेको छ ।
काठमाडौँ उपत्याभित्र केही व्यक्तिहरुले भन्सार छलि गरेर अवैद्य रुपमा मोबाइल तथा लत्ताकपडाहरु भित्राएर कारोबार गर्ने गरेको गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो ।
त्यही सूचनाको आधारमा प्रहारी नायब उपरिक्षक अजय केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले कारवाही अघि बढाएको थियो ।
गत भदौ ५ गते बिहान ४ बजे सवयम्भुमा पार्किङ गरी राखिएको काठमाडौँ–दिल्ली चल्ने ना ७ ख ३९९५ नम्बरको बसमा शंका लागेर चेकजाँच गर्दा गाडीको डिक्की र छतमा लुकाइएको लत्ताकपडा र मोबाइल फेला पारेको थियो ।
घटनामा संलग्न प्रहरीले बसका चालक सर्लाही जिल्लाका ३९ वर्षीय बलबहादुर दवाडी, काठमाडौँका जितेन्द्र डंगोल र सहचालक दोलखाका पासाङ लामालाई पक्राउ गरेको छ ।
यसरी चोरी पैठारी गरी भारतबाट भित्रिएका मोबाइलहरुमा ओप्पो, जियोनी, आइफोन, मोटोरोला, वान प्स, भिभो, हुवावे, एम१, एलजीलगायत रहेका छन् ।
गाडीमा कुर्ता, लेहेंगा, साडी, पाइन्ट लगायत १८३७ थान कपडा पनि बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण