शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनकै स्टाइलमा भन्सार छलेर यसरी भित्रिन्छन् महंगा मोबाइल

सोमबार, १९ भदौ २०७४, १२ : ५९
सोमबार, १९ भदौ २०७४

काठमाडौँ । गाडीमा फल्स बटम बनाई भन्सार छलेर सुन ल्याउने गरेको समाचार हामीले बारम्बार पढेका छौँ । सोमबार मात्र राजधानीमा यस्तै विधि प्रयोग गरेर भित्रिएको ८८ किलो सुन प्रहरीले फेला पारेको छ ।

यसरी गाडीको विभिन्न भागमा लुकाएर सुन मात्र नभएर विभिन्न ब्राण्डमा मोबाइल पनि तस्करी हुने गरेको खुलेको छ ।

प्रहरीले यसरी अवैद्य रुपमा भित्र्याइएका १३४ थान मोबाइल र लत्ताकपडा फेला परेको छ ।

काठमाडौँ उपत्याभित्र केही व्यक्तिहरुले भन्सार छलि गरेर अवैद्य रुपमा मोबाइल तथा लत्ताकपडाहरु भित्राएर कारोबार गर्ने गरेको गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो । 

त्यही सूचनाको आधारमा प्रहारी नायब उपरिक्षक अजय केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले कारवाही अघि बढाएको थियो ।

गत भदौ ५ गते बिहान ४ बजे सवयम्भुमा पार्किङ गरी राखिएको काठमाडौँ–दिल्ली चल्ने ना ७ ख ३९९५ नम्बरको बसमा शंका लागेर चेकजाँच गर्दा गाडीको डिक्की र छतमा लुकाइएको लत्ताकपडा र मोबाइल फेला पारेको थियो ।

घटनामा संलग्न प्रहरीले बसका चालक सर्लाही जिल्लाका ३९ वर्षीय बलबहादुर दवाडी, काठमाडौँका जितेन्द्र डंगोल र सहचालक दोलखाका पासाङ लामालाई पक्राउ गरेको छ । 

यसरी चोरी पैठारी गरी भारतबाट भित्रिएका मोबाइलहरुमा ओप्पो, जियोनी, आइफोन, मोटोरोला, वान प्स, भिभो, हुवावे, एम१, एलजीलगायत रहेका छन् ।

गाडीमा कुर्ता, लेहेंगा, साडी, पाइन्ट लगायत १८३७ थान कपडा पनि बरामद गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप