चीनले स्वास्थ्य सामाग्रीसहित १२ कन्टेनर सामान दोलखालाई उपहार दियो
दोलखा । कोरोना महामारी रोकथामका लागि चीनले दोलखा जिल्लालाई स्वास्थ्य सामग्री अनुदान दिएको छ । चीनसँग सीमा जोडिएको दोलखाको बिगु गाउँपालिकालाई स्वास्थ्य सामग्री उपहार दिएको हो । चीनले सहयोगका रुपमा उपलव्ध गराएको स्वास्थ्य सामाग्रीमा डिस्पोजेवल मेडिकल मास्क १ लाख २० हजार थान, क्विक टेस्ट किट १ हजार २ सय थान, एन ९५ मास्क १ हजार २ सय थान, पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) १ हजार १ सय थान र थर्मोमिटर १ सय १० थान रहेका छन् ।
त्यसैगरी उक्त गाउँपालिकालाई चामल, तेल, चिनी, पाउडर, चियालगायत खाद्यान्न पनि चीनले उपहार दिएको छ । गाउँपालिकाले खाद्यान्नको माग नगरेको भएपनि चिनियाँहरु आफैंले उपहार दिएका दोलखा निवासी बागमती प्रदेश सांसद विशाल खडकाले जानकारी दिए ।

‘चीनले झण्डै १२ कन्टेनर सामान उपहार दिएको छ’ सांसद खड्काले भने, ‘बिगु गाउँपालिकाका नाममा दिएको भए पनि अहिले दोलखा जिल्ला अस्पतालमा राखेर जिल्ला दैवी प्रकोप उद्दार कोषमार्फत आवश्यकताका आधारमा जिल्लाभर बाँडफाँड गरिने छ । ’सांसद खड्का, बिगु गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओली र चीनसँग सीमा जोडिएको लामाबगर क्षेत्रका वडाध्यक्षको पहलमा उक्त स्वास्थ्य सामग्री ल्याइएको हो ।
स्वास्थ्य सामाग्री बुझ्न सांसद खड्का र गाउपालिका उपाध्यक्ष ओली लगायतको टोली सिन्धुपाल्चोक र चीनको सीमानाका मितेरी पुल र तातोपानी भन्सार कार्यालय पुगेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण