कंगनाको आरोपपछि ऋतिकको बचाउमा उत्रिइन् पूर्व श्रीमती सुजेन
ऋतिक रोशन र सुजेन खान केही वर्षअघि नै छुट्टिइसकेका छन् । तर यो जोडी आज पनि एक–अर्काका लागि, एक अर्काको समर्थनमा उत्रिन्छन् । जतिबेला समय पाउँछन् तब आफ्ना सन्तानसँग उत्कृष्ट समय बिताउने गर्दछन् । पारिवारिक छुट्टी वा अन्य कुनै मौकामा उनीहरु सँगै देखिन्छन्, सम्बन्धविच्छेद भइसकेपछि पनि । केही समय अघि कंगना रनौतले ऋतिकविरुद्ध दिएको अन्तर्वार्ताविरुद्ध उनी खडा भइन् ।
कंगना रनौतको एक टेलिभिजन अन्तर्वार्ता निकै चर्चामा रह्यो जसमा उनले ऋतिक रोशन र उनका पिता राकेश रोशनमाथि थुप्रै आरोप लगाइन् । अघिल्लो वर्ष पनि कंगना र ऋतिकको सम्बन्ध र मेलको विषयमा निकै चर्चा भएको थियो । कंगनाले एक पटक पुनः अन्तर्वार्तामा ऋतिकसँगको आफ्नो सम्बन्धबारे खुलेर कुराकानी गर्दै उनीमाथि धोका र उत्पीडनको आरोप लगाएका छन् । ऋतिकमाथि हमला भएको देखेर उनकी पूर्व श्रीमती सुजेन खान उनको समर्थनमा उत्रिएकी छिन् ।
The is no allegation or sad plot that can have the weight to triumph over a good soul. #powerofthetruth #mafamilia #goodoverevil 😇🖤🌈🦋 pic.twitter.com/WlVKbIhFjE
— Sussanne Khan (@sussannekroshan) September 3, 2017
सुजेनले ट्वीटरमा पोष्ट गर्दै लेखेकी छिन्, ‘कुनै पनि आरोप वा षड्यन्त्र त्यति बलियो हुन सक्दैन कि एक राम्रो मन भएका व्यक्तिलाई जित्न सकोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
-
‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरण: युवतीसहित थप तीन जना पक्राउ
-
पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण