सरकारले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाउने
काठमाडौं – सरकारले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाउने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गर्ने घोषणा गरेकी छन्।
‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो, त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा छ, ‘तदनुरुप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ।’
राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नेपालले अन्तर्रा्ष्ट्रिय सीमा सुरक्षा र संरक्षणमा प्रतिबद्ध रहेको जनाउँदै अन्तर्रा्ष्ट्रिय सीमा निरीक्षण कार्यलाई निरन्तरता दिने भनिएको छ। ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट मित्रराष्ट्र भारतसँगको सीमा सम्बन्धमा लामो समयदेखि बाँकी रहेका र समय–समयमा उठिरहेका विषयको समाधान गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
सीमासम्बन्धी जानकार एवं तत्कालीन नापी विभागका महानिर्देशक पुण्यप्रसाद ओलीले नक्सामा गुमेको भूमि राखेपछि नेपालले भारतले दाबी गर्ने आधार हुने बताए। ‘भारतसँग वार्ता गर्न यसले ठूलो मद्दत गर्छ,’ उनले भने। यो देश लागि ठूलो उपलब्धि भएको उनले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण