विदेशबाट प्राप्त हुने रेमिट्यान्समा ५५ प्रतिशत गिरावट
काठमाडौं – विदेशबाट प्राप्त हुने रेमिट्यान्स चैतमा भारी मात्रामा घटेकोे छ। चालु वर्षका अघिल्ला ८ महिनामा मासिक औसत ७४ अर्ब रेमिट्यान्स भित्रिने गरेको नेपालमा चैतमा ३४ अर्ब ४८ करोड मात्रै भित्रिएको छ।
यो करिब ५५ प्रतिशतको गिरावट हो। फागुनको तुलनामा यो अझै उच्च दरको गिरावट हो। फागुनमा ७९ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको थियो।
विश्वभर कोरोना भाइरस महामारीको असर बढ्न थालेपछि चैतदेखि रेमिट्यान्स आयमा भारी गिरावट आउने अनुमान गरिएको थियो। रेमिट्यान्ससँगै अन्तर्रा्ष्ट्रिय व्यापार खुम्चिएको पनि राष्ट्र बैंकले बताएको छ।
त्यस्तै, सरकारी राजस्व र खर्च पनि कोराना भाइरसका कारण प्रभावित भएको र यसले लगातार ७ प्रतिशतको आर्थिक वृद्धिमा रहेको मुलुकलाई तेस्रो त्रैमाससम्म २ प्रतिशतको विस्तारमा धकेलेको राष्ट्र बैंकले उल्लेख गरेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विनय बञ्जाराले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण