भारतमा एकैदिन ४,९७० संक्रमित भेटिएसँगै संख्या १ लाख नाघ्यो
भारतमा एकैदिन कोरोनाभाइरसका ४ हजार ९ सय ७० संक्रमित भेटिएका छन् भने १ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म यहाँ संक्रमितको संख्या १ लाख नाघेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
तीन महिना अघि भारतमा कोरोनाभाइरसको संक्रमण देखिएपछिको यो सर्वाधिक संख्या हो ।
हिन्दुस्तान टाइम्सका अनुसार भारतमा कोभिड–१९ को संक्रमण ५० हजारबाट १ लाख पुग्न दुई हप्ताको समय लागेको छ ।
केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्दनले सोमबार भारतले लकडाउन लागू गर्दै स्वास्थ्य सेवाका सुरक्षित तरिका अपनाएका कारण संक्रमणको दरलाई कम गर्न सफल भएको बताएका छन् ।
‘भारतमा यो महामारीले ठूलो रुप लिने विभिन्न अनुमान गरिएका छन् । तर हालसम्म अनुमान गरिएको भन्दा निकै कम व्यक्ति संक्रमित भएका छन्,’ हर्षवर्दनले भने ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ५८ हजार ८ सय २ वटा एक्टिभ केस छ । यहाँ हालसम्म ३ हजार १ सय ६३ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण