रुसमा कोरोनाबाट ३ लाख सङ्क्रमित, करिब ३ हजारको मृत्यु
एजेन्सी । विश्वका शक्तिशाली देशहरुको सूचीमा राखिने रुसमा पनि कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीन लाख पुगेको छ । अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै आठ हजार ५०० नयाँ सङ्क्रमित थपिएका छन् ।
त्यसैगरी मृत्यु हुनेको संख्या २ हजार ९७२ रहेको पुगेको छ । एकै दिनमा १३५ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्य हुने व्यक्तिको संख्या लगभग ३ हजार पुगेको अधिकारीहरुले जनाएका छन् । देशको राष्ट्रिय कोरोनाभाइरस नियन्त्रण केन्द्रले विरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै बुधबार चिन्ता व्यक्त गरेको छ ।
विश्वमै धेरै सङ्क्रमितहरु रहेको मध्ये दोस्रोमा रुस परेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार धेरै सङ्क्रमितहरु रहेका देशहरुको सूचीमा सवैभन्दा अगाडी अमेरिका रहेको छ ।
अमेरिकामा अहिलेसम्म १४ लाखभन्दा बढी नागरिक कोरनोभाइरसबाट सङ्क्रमित भइसकेका छन् । ती मध्ये आठ हजार ७६४ जना त पछिल्लो २४ घण्टामा थपिएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण