१४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ
आइतबार, ११ जेठ २०७७, ०९ : ४४
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन् ।
गौरीगञ्ज–१ महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी ४५ वर्षीय श्रीप्रसाद झालाई प्रहरीले पक्राउ गरेको प्रहरी चौकी कुन्जीबारीका इन्चार्ज दीपक कँडेलले जानकारी दिए ।
पीडित बालिकाले घरमा जानकारी गराएपछि अभिभावकले इलाका प्रहरी कार्यलय झिलझिलेमा किटानी जाहेरी दिएको आधारमा झालाई घरबाट पक्राउ गरिएको उनले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको छ । पक्राउ परेका झाले करिब एक वर्षयता विभिन्न प्रलोभनमा पारेर ती बालिकामाथि शोषण गर्दै आएको पीडितको जाहेरीमा उल्लेख छ ।
घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण