कोरोनाः जहाँ संक्रमितको संख्या कम भइरहेछ, त्यहाँ पनि आउन सक्छ दोस्रो लहर
विश्व स्वास्थ्य संगठनले जुन देशमा कोरोनाभाइरसका संक्रमितको संख्या कम भइरहेको छ, त्यहाँ संक्रमण रोक्नका लागि उठाइएको कदमलाई हतार गर्दै फिर्ता लिए ‘संक्रमण तुरुन्त दोस्रो पटक बढ्न सक्ने’ चेतावनी दिएको छ ।
डब्ल्यूएचओका इमर्जेन्सीज हेड डाक्टर माइक रेयाले संसार अहिले पनि संक्रमणको पहिलो लहरसँग जुधिरहेको बताए ।
उनले भने, ‘केही देशमा संक्रमितको संख्या कम भइरहेको छ तर अहिले पनि मध्य र दक्षिण अमेरिका, अफ्रिका र दक्षिण एशियामा संक्रमितको संख्या बढ्दो छ ।’
डा. रेयानले महामारी थुप्रै पटक अलग–अलग लहरमा आउने बताउँदै जुन देशमा पहिलो लहर समाप्त भएको छ त्यहाँ यसै वर्ष पुनः संक्रमण बढ्न सक्ने बताएका छन् ।
यदि रोकथामको कदमलाई तुरुन्त हटाइए दोस्रो लहर छिट्टै आउन सक्ने उनले चेतावनी दिए ।
डा. रेयानले भने, ‘संक्रमण जुनसुकै बेला पनि तीब्र रुपमा फैलन सक्छ भन्ने कुरालाई हामीले ध्यानमा राख्नुपर्छ । यदि संक्रमण कम भइरहेको छ भने यो कमै भएर जान्छ भन्ने निष्कर्ष निकाल्नु हुँदैन ।’
उनले उत्तरी अमेरिका र युरोपेली देशले रोकथामका लागि उठाएको कदमलाई जारी राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
युरोपका विभिन्न देश र अमेरिकाका थुप्रै प्रान्तमा लकडाउनमा छुट दिइएको छ । लकडाउनले कोरोनाको संक्रमण रोक्न मद्दत त गरिरहेको छ तर अर्थव्यवस्थामा भारी क्षती पुगिरहेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण