नेपाल मेडिकल कलेजको घटनाप्रति चिकित्सक संघको ध्यानाकर्षण
काठमाडौं । नेपाल चिकित्सक संघले नेपाल मेडिकल कलेजका चिकित्सकमाथि हातपात गरिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संघले सो घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । नेपाल मेडिकल कलेज जोरपाटीमा ६४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर चिकित्सकमाथि हातपात भएको संघको आरोप छ ।
विज्ञप्तिमा कोरोना महामारीका बेला ज्यानको बाजी लगाएर खटिरहेका चिकित्सकमाथि बिरामी बचाउन सकिनस् भन्ने आरोप लगाउँदै हातपात गर्नु अत्यन्तै अमानवीय कार्य भएको भन्दै संघले घटनाको घोर भर्त्सना र निन्दा गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सक भगवान नभई बिरामीको उपचारका लागि आफ्नो क्षमता, योग्यता र उपलव्ध उपकरणहरुको अधिकतम प्रयोग गरी रोग निको पार्न प्रयास गर्ने व्यक्ति हुन् ।
त्यसैले कुनै पनि स्वास्थ्यकर्मी कसैको जीवनलाई बचाउन भगवानरुपी जादु गर्न सक्ने व्यक्ति नभएको स्पष्ट पार्न चाहान्छौं ।’ संघले यस्तो संवेदनशिल र विषम परिस्थितिमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउन समेत सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ । त्यस्तै घटनामा संलग्न दोषीउपर कानुनी कार्वाही गर्न समेत संघले सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा डा. उप्रेतीद्वारा पदभार ग्रहण
-
जनता सजग नभए संविधानमा हुने प्रतिगामी संशोधन रोक्न सकिँदैन : प्रदीप ज्ञवाली
-
एआई क्यामेरामार्फत ५९ जना पक्राउ, जेनजी प्रदर्शनमा लुटिएका १८५ हतियार बरामद
-
कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा, वैदेशिक व्यापार लागत घट्ने अपेक्षा
-
हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
-
तेल आपूर्तिका सबै विकल्प कमजोर, विश्व बजारमा थप संकटको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण