भारतको महाराष्ट्रमा एकैदिन २६ सय बढीमा कोरोना संक्रमण पुष्टि, मुम्बईमा ३८ जनाको ज्यान गयो
शुक्रबार, १६ जेठ २०७७, २३ : २७
एजेन्सी । भारतको महाराष्ट्रमा अहिले सम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । शुक्रबार त्यहाँ २ हजार ६ सय ८२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । एकैदिन पुष्टि भएका २ हजार ६ सय ८२ मध्ये १ हजार ४ सय ३७ जना राजधानी मुम्बईमा भेटिएका छन् । मुम्बईमा योसहित संक्रमितहरुको संख्या ३६ हजार ७ सय १० पुगेको छ । मुम्बईमा एकैदिन ३८ जनाको मृत्यु भएको छ ।
योसहित मुम्बईमा मृतकको संख्या ११ सय ७३ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म कूल ६२ हजार २ सय २८ जना संक्रमित भेटिएका छन् भने २ हजार ९८ जनाको मृत्यु भएको छ । भारतका अन्य राज्यहरुभन्दा महाराष्ट्रमा बढी क्षति भएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण