सिरहामा कोरोना संक्रमितको संख्या २५ पुग्यो
शनिबार, १७ जेठ २०७७, १० : ४५
सिरहा – सिरहामा थप ११जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवका अनुसार लहान नगरपालिकाका ८ जना, धनगढीमाइ नगरपालिकाका २ जना र अर्का एक जनाको ठेगाना नखुलेका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
आज कोरोना संक्रमण पुष्टि भएको २८, २९, ३३ वर्ष समूहका पुरुषहरु र उनीहरु भारतको विभिन्न ठाउँबाट आएका सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।
योसँगै सिरहामा कोरोना संक्रममितको संख्या २५ पुगेको छ जसमा २ जना सुरक्षाकर्मी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण