सहयोगी हात, सहकार्य अनि श्रमदान : कोरोनाकालबीच पनि ठडिदैछ न्यातपोल (तस्विरमा हेर्नुहोस्)
काठमाडौँ । कोरोनाभाइरसको महामारीका बीच लागू गरिएको लकडाउनका दौरान पनि भक्तपुरको चर्चित न्यातपोल मन्दिरको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । २०७२ सालको भुइँचालोमा यस मन्दिरमा क्षति पुगेको थियो ।
३ सय १९ वर्ष पुरानो यो मन्दिर १८ औँ शताब्दीमा मल्लकालिन राजा भूपतिन्द्र मल्लले निर्माण गरेका हुन् । पाँचवटा छाना भएको कारण यसलाई न्यातपोल मन्दिर भनिएको हो । वि.सं. २०५२ देखि ५४ मा पनि यसको पुनर्निर्माण गरिएको कारण ७२ सालको भूकम्पमा यो मन्दिर पूर्णरुपमा क्षति हुनबाट जोगिएको हो ।

१०८ फिट उचाईं भएको यो मन्दिरको पाँचौ तल्लामा सबैभन्दा क्षति पुगेको थियो । पुनर्निर्माणका लागि भक्तपुर नगरपालिकाले ६५ लाख छुट्याएर पुनर्निर्माणको काम भइरहेको छ । यसको पुनर्निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिइएको छ भने पुरात्त्वविद्, प्राविधिक तथा नगरपालिकाले यसको अनुगमन तथा निर्माणमा सहयोग गरिरहेको छ ।

यतिबेला पाँचौ तल्लाको पुनर्निर्माणको काम सकिएको छ भने यतिबेला छतको पुनर्निर्माणको काम भइरहेको छ । अहिले तेस्रो तल्लाको काम धमाधम भइरहेको छ । वर्षाको मौसम नजिकिँदै गर्दा यसको पुनर्निर्माणलाई थप प्राथमिकता दिइएको छ । किनभने वर्षाअघि पुनर्निर्माण नसकिए यसले मन्दिरमा थप क्षति पुग्नेछ ।

पुनर्निर्माणका लागि १०–१२ जना पारिश्रमिकमा काम गरिरहेका छन् । बाँकीले भने दैनिकरुपमा श्रमदान गरिरहेका छन् । यसमा स्थानीय देखि स्काउट रहेका छन् । स्थानीय प्रशासनको समन्वयमा हरेक दिन एक टोल या निश्चित स्थानका स्थानीयहरुलाई श्रमदानका लागि बोलाइन्छ । चाँडै नै यस मन्दिरको पुनर्निर्माणको काम सकिने उपभोक्ता समितिको आशा रहेको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण