१३ वर्षीया बालिकामा डेङ्गु सङ्क्रमण, सङ्क्रमितको संख्या १० पुग्यो
हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो । योसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । तीमध्ये नौ जना निको भएर घर फर्किएका छन् ।
बरङ्जाबाट उपचारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए । उनका अनुसार बालिकामा उच्च ज्वरो आउने, शरीर दुख्ने तथा जोर्नी दुख्नेजस्ता समस्या देखिएको छ । सङ्क्रमित बिरामीलाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुने भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत अधिकारीले फोहर र पानी जम्ने ठाउँ सफा गर्न सुझाव दिए । वर्षात्को समय शुरु भएसँगै गर्मीमा लामखुट्टे सक्रिय हुने भएकाले पानी जम्ने विभिन्न ठाउँ, टायर र गमलालगायतको विशेष सफाइमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण