बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अमेरिका–इरानबिच शुक्रबार प्रारम्भिक वार्ता गर्ने तयारी

बिहीबार, ०४ असार २०८३, १४ : ५१
बिहीबार, ०४ असार २०८३

जेनेभा । अमेरिका र इरानबिच भएको सम्झौतापछि त्यसको कार्यान्वयनबारे प्रारम्भिक वार्ता शुक्रबार स्विट्जरल्यान्डको पहाडी रिसोर्ट बुर्गेनस्टकमा हुने अपेक्षा गरिएको छ ।

स्विट्जरल्यान्डको विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा अमेरिका, इरान तथा मध्यस्थकर्ताहरू पाकिस्तान र कतारसहित अन्य सरोकारवाला देशहरू वार्तामा सहभागी हुने योजना अझै कायम रहेको जनाएको छ । 

‘हालको अवस्थाअनुसार अमेरिका र इरानबिचका साथै मध्यस्थकर्ता पाकिस्तान र कतार तथा अन्य सम्बन्धित देशहरू भोलि बुर्गेनस्टकमा भेटेर सम्झौता कार्यान्वयनसम्बन्धी प्रारम्भिक वार्ता गर्ने योजना छ,’ विज्ञप्तिमा भनिएको छ । तर बैठकको समय र विस्तृत कार्यसूचीबारे थप जानकारी उपलब्ध नभएको मन्त्रालयले स्पष्ट पारेको छ ।

यसअघि बुधबार स्विस सरकारले यो सम्झौताको औपचारिक हस्ताक्षर कार्यक्रम लुसेर्न तालमाथिको बुर्गेनस्टक रिसोर्टमा हुने बताएको थियो । सुरुमा यो कार्यक्रममा जेनेभामा गर्ने भनिएको थियो । उक्त सम्मेलनका लागि कडा सुरक्षा व्यवस्था गरिएको जनाएको छ ।

करिब २ हजार  सैनिकहरू परिचालन गरिएको छ भने जुन १८ देखि २० सम्म बुर्गेनस्टक क्षेत्रमा उडान निषेध क्षेत्र लागु गरिएको स्विस सरकारले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप