रौतहट प्रहरीद्वारा १५ लाखको गुट्खासहित ट्रक बरामद
रौतहट – रौतहट प्रहरीले १५ लाख मुल्य बराबरको गुट्खासहित एउटा ट्रक बरामद गरेको छ ।
जिल्ला सदरमुकाम गौर स्थित तैयब नसिंंगहोम अगाडी बाट लु २ ख नम्बरको ट्रकसहित १५ लाख मूल्य बराबरको गुट्खा बरामद गरेको हो ।
खाद्यान्न ढुआनीको ब्यानर लगाएर कपिलबस्तुको चन्द्रौटाबाट ल्याएर गोदाममा राख्न लगिरहेको क्रममा विशेष सूचनाको आधरमा पानकिंग गुट्खासहितको ट्रक बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी रबीराज खड्काले बताएका छन् ।
गुट्खाका साथै ट्रक चालक गणेश गैरे पनि नियन्त्रणमा रहेको एसपी खड्काले जानकारी दिए ।
बरामद गुट्खा स्थानीय ब्यापारी अरुण अग्रवालको रहेको र आवश्यक कारबाहीको लागि प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।
लकडाउनको अवधिमा ब्यापारी अग्रवालले पटक–पटक बिभिन्न ठाँउबाट खाद्यान्नसंगै गुट्खा लगायत प्रतिबन्धित सामान लयाएर गौरमा बढी भाउमा बिक्री गर्दै आएको सूचना आईरहेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण