लकडाउनको अवधिमा निरन्तर सञ्चालित घरेलु मदिराविरुद्धको अप्रेशन
मङ्गलबार, २० जेठ २०७७, १३ : ४०
काठमाडौं – लकडाउनको अवधिमा महानगरीय प्रहरी बृत्त थानकोटले अवैध हजारौ लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।
प्रहरी बृत्तले लकडाउन सुरु भएदेखि ९चैत ११० गतेदेखि जेठ १८ गतेसम्म नगरका विभिन्न २३ स्थानहरूमा विशेष अप्रेशन सञ्चालन गरि अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले उक्त अवधिमा सञ्चालन गरी १ हजार ४१० लिटर घरेलु मदिरा तथा १६ हजार ४०० लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरि नष्ट गरिएको जानकारी दिए ।
थानकोट प्रमुख श्रेष्ठले लकडाउनको अवधिमा महानगरीय प्रहरी वृत्त थानकोट तथा मातहत कार्यालयहरूबाट चन्द्रागिरि नगरपालिकाको विभिन्न स्थानहरूमा व्यावसायिक रूपमा उत्पादित घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरी सम्बन्धित व्यक्तिहरूलाई कार्वाही समेत गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण