हेटौंडामा ट्रकले स्कुटरलाई ठक्कर दियो, १ जनाको मृत्यु
मङ्गलबार, २० जेठ २०७७, २२ : ३२
हेटौंडा । कान्तिलोकपथ अन्तर्गतको हेटौँडा उपमहानगरपालिका–६ चौघडामा आज दिउँसो ४ बजे सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले दिनुभएको जानकारीअनुसार बा२क ७११० नंको ट्रकले अनटेष्ट स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक करिब ४० वर्षीय श्यामफुल बलामीको मृत्यु भएको हो ।
ट्रकको ठक्करपछि घाइते हुनुभएका बलामीलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण