बझाङमा थप ६ जनामा कोरोना संक्रमण
बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमित संख्या ७ पुगेको छ ।
संक्रमित हुनेहरुमा ७०, ५७, ३८, २५ वर्षीय पुरुष र दुई जना ४० वर्षीया महिला रहेका छन् । उनीहरुमध्ये ५ जना भारतको दिल्लीबाट एक साता फर्किएका र एक जना दुई साताअघि काठमाडौंबाट आएको जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन डा. मिलन खड्काले जानकारी दिए ।
२ दिन अघि उनीहरुसँगै रहेका २० जनाको नमुना स्वाब संकलन गरिएको थियो । नमुना स्वाब संकलन गरिएका २० मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमितहरुलाई खप्तडछान्ना गाउँपालिकाले बनाएको आइसोलेसनमा राखिने भएको छ ।
खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकायाका अनुसार हाल खप्तडछान्ना गाउँपालिकाका ३५० जना क्वारेन्टाइनमा बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण