कविता : सडक नाटक
- भरत सिग्देल
सुनसान छ आज
सहरको व्यस्त सडक
मडारिएको छ कालो बादल
ढपक्क ढाकेर नील गगन
मध्यान्हको अस्वभाविक सन्नाटा
अन्योल छ बिल्कुल अन्योल
दिन या रात !
एक हुल मान्छेको प्रवेश
एकाएक रङ्गमञ्चमा
सुँक्क-सुँक्क, चिर्दै सन्नाटा
घोसेमुन्टो लाएका मान्छेहरू
नारी, पुरुष, वृद्ध, जवान
थकित गलित
विक्षिप्त, बिल्कुल विक्षिप्त ।
भूकम्पले खण्डहर बस्ती
टिलपिल, टिलपिल रसिला
लाल-लाल नेत्र मुन्तिर
ढिक्का छन्, आँसुका ढिक्का
फोहरको कन्टेनरबाट निक्लेका
एक-एक धरा लङ्गौटी
फिक्का छन् बिल्कुल फिक्का ।
लावाकस्कर छ साथमा
बजिरहेछ संगीत
ठम्याउन छाडे बैरा कानहरू
शोकधून हो या मंगलवाचन
उठिरहेछन् मुठ्ठीहरू
अश्रुग्यास र लाठीचार्जका बीच
बादशाहले जारी गरेको उर्दी उल्लंघन गर्दै निर्धक्क
बढिरहेछ ताँती
बेपरबाह बन्दाबन्दीको ।
लौ न, भन्देऊ मनुष्य हो !
को हुन् ती समाजवादका,
राता जन्ती या सेता मलामी ?
के उठेको त्यो बीच सडकमा,
धारे हात या सलामी ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण