गोरखासहित ४ जिल्लामा थपिए ३८ नयाँ संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३
काठमाडौं - गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ ।
आइतबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जामा १४, बाग्लुङ १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ गरी ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार संक्रमित सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
प्रवक्ता शर्माका अनुसार संक्रमितहरुमा स्याङ्जाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२,३८, ३१, २५,२७,४६,३७,२१, १८ र ३२ वर्षीय पुरुषहरु र भिरकोट नगरपालिकाका ४६ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, बाग्लुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २१, २९ वर्षीय पुरुषहरु र १ जनाको उमेर नखुलेको बताइएको छ । यसैगरी, सोही जिल्लाको ढोरपाटन नगरपालिकाका २६ वर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको हो ।
यता, गोरखा जिल्लाको पालुङटार नगरपालिकाका १७ वर्षीय पुरुष र गण्डकी गाउँपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यसैगरी, नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ३५ र ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण