५६ वर्ष लागे अभिनेता हमाल
मङ्गलबार, २७ जेठ २०७७, १२ : ३४
काठमाडौं । अभिनेता राजेश हमाल ५६ वर्ष पुगेका छन् । सन् १९६४ जुन ९ मा पाल्पाको तानसेनमा जन्मिएका हमालको आज परेको जन्मदिन दिनको उपलक्षयमा उनलाई विभिन्न माध्यमबाट शुभकामना आइरहेको छ । स्व.दीपक रायमाझी निर्देशित ‘युगदेखि युगसम्म’ फिल्मबाट अभिनय करियर सुरु गरेका हमाल नेपाली फिल्म क्षेत्रका सफल अभिनेतामा पर्दछन् ।
बसन्ती, देउता, अल्लारे, धर्मा, हामी तीनभाई, गोरेटो, दुलहीलगायत करिव तीन सय फिल्ममा राजेशले अभिनय गरेका छन् । सन् २०१४ मा मधु भट्टराइसँग प्रेम विवाह गरेका हमाल पछिल्लो समय फिल्म अभिनय भन्दा बढी समाजसेवा, म्युजिक भिडिया र स्टेज कार्यक्रममा देखिने गर्दछन् ।
केही पहिले चलचित्र विकाश बोर्डको अध्यक्ष दौडमा उनको नाम पनि अगाडि आएको थियो । तर बोर्ड अध्यक्षको आवेदन भने उनले भरेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण