बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

५६ वर्ष लागे अभिनेता हमाल

मङ्गलबार, २७ जेठ २०७७, १२ : ३४
मङ्गलबार, २७ जेठ २०७७

काठमाडौं । अभिनेता राजेश हमाल ५६ वर्ष पुगेका छन् । सन् १९६४ जुन ९ मा पाल्पाको तानसेनमा जन्मिएका हमालको आज परेको जन्मदिन दिनको उपलक्षयमा उनलाई विभिन्न माध्यमबाट शुभकामना आइरहेको छ । स्व.दीपक रायमाझी निर्देशित ‘युगदेखि युगसम्म’ फिल्मबाट अभिनय करियर सुरु गरेका हमाल नेपाली फिल्म क्षेत्रका सफल अभिनेतामा पर्दछन् ।

बसन्ती, देउता, अल्लारे, धर्मा, हामी तीनभाई, गोरेटो, दुलहीलगायत करिव तीन सय फिल्ममा राजेशले अभिनय गरेका छन् । सन् २०१४ मा मधु भट्टराइसँग प्रेम विवाह गरेका हमाल पछिल्लो समय फिल्म अभिनय भन्दा बढी समाजसेवा, म्युजिक भिडिया र स्टेज कार्यक्रममा देखिने गर्दछन् ।

केही पहिले चलचित्र विकाश बोर्डको अध्यक्ष दौडमा उनको नाम पनि अगाडि आएको थियो । तर बोर्ड अध्यक्षको आवेदन भने उनले भरेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप