शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रत्न शम्शेरको सम्झनामा मदनले गाए ‘मधुमासमा यो दिल’

मङ्गलबार, २७ जेठ २०७७, १९ : २८
मङ्गलबार, २७ जेठ २०७७

काठमाडौं– वरिष्ठ गीतकार रत्न शम्शेर थापाको सम्झनामा गायक तथा संगीतकार मदन गोपालले ‘मधुमासमा यो दिल’ बोलको गीत गाएका छन् । 

स्वर्गीय थापाको १३औं दिनको पुण्य तिथिका दिन गोपालले थापाद्वारा रचना गरिएको अनि नारायण गोपालको स्वर रहेको उक्त गीत पुन रेकर्ड गरि सार्वजनिक गरेका हुन् ।

स्वर्गीय थापा र गोपालको सम्झनामा उक्त गीत पुनः गाएको गायक मदन गोपालले बताए । उनले कवि तथा गीतकार थापासँग उक्त गीत गाउन पहिले नै स्वीकृती लिएको बताए । गायक गोपालले भने, ‘रत्न शमशेरसँग उहाँ हुँदैमा गीत पुनः रेकर्ड गर्न चाहेको बताउँदा स्वीकृती दिनुभयो तर आज उहाँलाई नै सुनाउन पाइन । यसमा सार्है दुःख लागेको छ ।’ 

उक्त गीत पुनः गाएर नेपाली सांगितीक आकाशका धरोहरप्रति सम्मान दर्शाउन पाउँदा भने गर्भवान्वित महसुस भएको गोपालले बताए ।

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप