लेबनान मामिलामा नेतान्याहुप्रति ट्रम्प असन्तुष्ट
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग लेबनान मामिलामा असन्तुष्ट बनेका छन् ।
- ट्रम्पले नेतान्याहुले लेबनानको विषयमा अझ जिम्मेवार व्यवहार गर्नुपर्ने बताएका छन् ।
- इजरायलले लेबनानस्थित हिजबुल्लाहविरुद्ध जारी राखेका आक्रमणहरूले इरानसँग सम्झौता गर्ने अमेरिकी प्रयासलाई जटिल बनाएको अमेरिकी पक्षको भनाइ छ ।
पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग लेबनान मामिलामा असन्तुष्ट बनेका छन् ।
लेबनानको विषयमा नेतान्याहुले अझ जिम्मेवार व्यवहार गर्नुपर्ने उनले बताए । हालैका महिनाहरूमा इजरायलको नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै आएका ट्रम्पले नेतान्याहुप्रति आफ्नो निराशा सार्वजनिक रूपमा व्यक्त गरेका हुन् ।
मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नेतान्याहुको आलोचना गरे । ‘म नभएको भए आजको इजरायल पनि हुने थिएन, किनकि मैले गरेको जस्तो कदम चाल्न कुनै अन्य अमेरिकी राष्ट्रपति तयार थिएनन्,’ उनले भने । उनले थपे, ‘बिबीसँग मेरो सम्बन्ध सधैं राम्रो रह्यो, तर अब बिबीले लेबनानको विषयमा अझ जिम्मेवार बन्नुपछ,’ । नेतान्याहुलाई इजरायलमा ‘बिबी’ उपनाम दिइएको छ ।
पछिल्ला महिनाहरूमा ट्रम्प र नेतान्याहुबीच केही विषयमा मतभेद देखिएको छ । अमेरिकी पक्षका अनुसार इजरायलले लेबनानस्थित हिजबुल्लाहविरुद्ध जारी राखेका आक्रमणहरूले इरानसँग सम्झौता गर्ने अमेरिकी प्रयासलाई जटिल बनाएको थियो । इरानले कुनै पनि युद्धविराम वा शान्ति सम्झौतामा लेबनानको अवस्था समेटिनुपर्ने अडान राख्दै आएको छ ।
यद्यपि नेतान्याहुले ट्रम्पसँग सार्वजनिक टकरावबाट जोगिने प्रयास गरेका छन् । सोमबार अमेरिका–इरान सम्झौताबारे प्रतिक्रिया दिँदै उनले भनेका थिए, ‘केही विषयमा राष्ट्रपति ट्रम्प र मेरो धारणा मिल्दैन । तर इजरायलको सुरक्षा हितको जिम्मेवारी मेरो हो, र त्यसलाई विवेकपूर्ण ढंगले अगाडि बढाउनुपर्छ,’ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न अनुमति
-
नेतान्याहुको हालतः तेल पानी एकै ठाउँ, पिना बाहिर
-
यी मान्छेले खानै हुन्न मेवा
-
लुम्बिनीमा प्रहरीको विशेष अभियान : सामुदायिक वन तथा ओढारबाट २० थान भरुवा बन्दुक बरामद
-
११ वर्षअघि ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ
-
काठमाडौँ मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फुड फेस्टिभल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण