एसियन गेम्स छनोटमा धाँधली भएको भन्दै पौडी खेलाडी अदालतमा
सारांश
- पौडी खेलाडी इर्भिन श्रेष्ठले एसियन गेम्स छनोटमा धाँधली भएको भन्दै खेलाडी छनोट प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
- खेलाडीहरूले राष्ट्रिय खेलकुद परिषद् र नेपाल पौडी सङ्घले छनोट प्रतियोगिताको बिचमा नियम परिवर्तन गरी आफूहरूलाई छनोट हुनबाट रोकेको आरोप लगाएका छन् ।
- सर्वोच्च अदालतले नेपाल पौडी सङ्घ, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीलाई छलफलका लागि बोलाएको छ ।
काठमाडौँ । नेपाली राष्ट्रिय पौडी खेलाडी इर्भिन श्रेष्ठले २०औँ एसियन गेम्सको लागि नेपाल पौडी सङ्घले धाँधली गरी खेलाडी छनोट गरेको र आफूहरूमाथि मानसिक पीडा दिएको आरोप लगाएका छन् ।
नक्सालमा मंगलबार पत्रकार सम्मेलन गर्दै पौडी खेलाडीहरू इर्भिनसँगै मेधाव केसी र निर्णय थापा, उनीहरूका प्रशिक्षक र खेलाडीका परिवारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पौडी सङ्घले छनोट प्रतियोगिताको बिचमा नियम परिवर्तन गर्दै एसियन गेम्स छनोट हुनबाट रोकेको आरोप लगाएका हुन् ।
प्रतियोगिताको आधा चरणमा पुगेपछि एसियन गेम्सको छनोट यही प्रतियोगिता बनाइएको सङ्घले सूचना टाँस्दै धाँधली गरेको खेलाडीहरूको आरोप छ । आगामी सेप्टेम्बरमा जापानमा २०औँ एसियन गेम्स आयोजना हुँदैछ । उक्त एसियन गेम्सका लागि गत जेठ २३ र २४ गते पौडी सङ्घले छनोट गरिसकेको छ ।
उक्त छनोटमा इर्भिन श्रेष्ठले आफ्नो विधा (फ्रिस्ट्याइल) मा स्वर्ण जिते पनि हिटमा कमजोर प्रदर्शन गरे । यससँगै इर्भिन फिना पोइन्टमा पछि परे र एसियन गेम्सका लागि छनोट हुन असफल भए ।
यद्यपि, उनी दुई सय मिटर, एक सय मिटर र ५० मिटर फ्रिस्ट्याइलका स्वर्ण विजेता नै रहे । ओभरलमा फ्रिस्ट्याइलमा उनी दोस्रो स्थानमा सीमित रहे । हिटमा २० मिलिसेकेन्डले पछि पर्दा पौडी सङ्घले फिना पोइन्टमा पहिलो हुने खेलाडीलाई छनोट गर्यो ।
सङ्घले प्रतियोगिताअगाडि यो प्रारम्भिक छनोट रहेको र अन्तिम छनोट पछि हुने उल्लेख गरे पनि दोस्रो दिनमा आएर अन्तिम छनोट रहेको सूचना प्रकाशित गरेको खेलाडी इर्भिनले आरोप लगाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छनोट चलेको समयमा नै पाँच दिनभित्र छनोट सम्पन्न गर्न भनेकाले सोही प्रतियोगिता अन्तिम छनोट बनाइएको पौडी सङ्घले सूचना प्रकाशित गरेको खेलाडीको भनाइ छ । यसअघि सङ्घले दुई खेलाडीलाई छनोट गर्दै आए पनि एक स्ट्रोक (विधा) बाट एक जना खेलाडी छनोट गर्दै धाँधली गरेको उनीहरूको आरोप छ । प्रतियोगिताका बिचमा नै नियम परिवर्तन गरेकाले आफूहरू मानसिक दबाबमा परेको इर्भिनले बताएका छन् ।
खेलाडीहरूले उक्त छनोट प्रतियोगिताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । अदालतले नेपाल पौडी सङ्घ, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीलाई बुधबार छलफलका लागि बोलाएको उनीहरूको भनाइ छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घले प्रतियोगिताको प्रारम्भिक सूचना अनुसार खेलाडी छनोट र तयारी गरिएको भए पनि प्रतियोगिताको अन्तिम चरणमा आएर खेलका नियम तथा मापदण्ड परिवर्तन गरिएको आरोप लगाएको हो । च्याम्पियनसिपअघि शीर्ष आठ खेलाडी फाइनलमा पुग्ने उल्लेख थियो । सोही आधारमा खेलाडीलाई तयारी गराइएको भए पनि प्रतियोगिता सञ्चालनका क्रममा उक्त नियम परिवर्तन गरी फाइनलमा सहभागी हुने खेलाडीको सङ्ख्या घटाइएको जनाइएको छ ।
प्रतियोगिता चलिरहेकै बेला नियम परिवर्तन गरेर खेलाडीलाई अन्याय गरेको अभिभावकको दाबी छ । सङ्घका पदाधिकारीहरूले खेलकुदमा निष्पक्षता र पारदर्शिता हुनुपर्नेमा जोड दिँदै प्रतियोगिता सञ्चालनका क्रममा नियम परिवर्तन गर्नु खेल भावना विपरीत भएको खेलाडीले बताएका छन् ।
सङ्घले मापदण्ड विपरीत खेल सञ्चालन गरेको खेलाडीको भनाइ छ । यसले खेलाडी तथा प्रशिक्षकहरूलाई अन्योलमा पारेको र प्रतियोगिताको विश्वसनीयतामाथि प्रश्न उठाएको उनीहरूको आरोप छ । उनीहरूले दोषीमाथि आवश्यक कारबाही तथा पीडित खेलाडीलाई न्याय दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नदीजन्य पदार्थको राजस्वमा रजाइँ : गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पदाधिकारीविरूद्ध मुद्दा
-
राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न अनुमति
-
नेतान्याहुको हालतः तेल पानी एकै ठाउँ, पिना बाहिर
-
यी मान्छेले खानै हुन्न मेवा
-
लुम्बिनीमा प्रहरीको विशेष अभियान : सामुदायिक वन तथा ओढारबाट २० थान भरुवा बन्दुक बरामद
-
११ वर्षअघि ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण