नाइजेरियामा जिहादी आक्रमण, ६९ जनाको मृत्यु
कानो । नाइजेरियाको उत्तरपूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेट्ससँग आबद्ध लडाकूहरुको आक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको नाइजेरियाली सेनाले बुधबार जनाएको छ ।
हातहतियार र सवारी साधनसहित ठूलो संख्यामा आएका लडाकूहरुले मंगलबार फेलो नामको गाउँमा अन्धाधुन्ध आक्रमण गरेका थिए । एक जना वरिष्ट सैनिक अधिकारीले पशुपालन गर्ने स्थानीय बासिन्दाका शव खुला स्थानमा यत्रतत्र छरिएको जानकारी दिए ।
इस्लामिक स्टेट्स समूहसँग आबद्ध लडाकूहरुले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सांघातिक हमला गर्ने गरेका छन् । उत्तरपूर्वी नाइजेरियामा एक दशकदेखि जारी अतिवादी इस्लामिक आन्दोलनका कारण ३६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
सन् २०१६ मा अर्को इस्लामिक समूह बोको हरामबाट टुक्रिएको पश्चिम अफ्रिकी इस्लामिक स्टेट्स समूहले पनि स्थानीयवासीमाथि निरन्तर आक्रमण गर्ने गरेको छ । यही समूहले विगत २ वर्षदेखि नाइजेरियाली सेनामाथि पनि आक्रमण गरिरहेको छ । पछिल्ला केही महिनादेखि यस समूहले आम नागरिकमाथि सांघातिक आक्रमण गर्न थालेको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण