कोरोनाबाट विश्वमा ४ लाख २३ हजार भन्दा बढीको मृत्यु, करिब ७६ लाख संक्रमित (अपडेट)
एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २३ हजार ८८८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७५ लाख ९९ हजार ६४९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३८ लाख ४३ हजार ७९५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ३१ हजार ९६६ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ९१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ८९ हजार ८२५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १६ हजार ३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १३ लाख १३ हजार ८६६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५६ हजार ३९४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ९२ हजार १८७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४१ हजार ९६७ जनाको मृत्यु भएको छ ।
युरोपमा २१ लाख ५६ हजार ८४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८१ हजार ४७७ को मृत्यु भएको छ । एसियामा १५ लाख ७ हजार ६२८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३८ हजार ३० जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख १९ हजार ५०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ८८१ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९०० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण