इतिहासमा आज – अखिल भारतीय कंग्रेसद्वारा देश विभाजनको प्रस्ताव पारित
आज १५ जुन । सन् १९४७ मा नयाँ दिल्लीमा भएको अखिल भारतीय कंग्रेसको अधिवेशनले बेलायतको भारत विभाजनको योजनालाई स्वीकार ग¥यो । यससँगै बेलायतबाट स्वतन्त्रता प्राप्तिसँगै भारत र पाकिस्तान नामका दुई देश अस्तित्वमा रहने तय भयो र विभाजन प्रक्रिया अघि बढ्यो ।
त्यसपछि ‘भारत स्वतन्त्र ऐन १९४७’ बेलायतको संसदबाट पारित भयो । १८ जुलाईमा यसले आधिकारीकता पायो । यो केवल दुई देशको मात्रै होइन लाखौँ घर–परिवार, सम्बन्ध र भावनाको विभाजन थियो । विभाजनपछि लाखौँ मानिस घरबारविहीन भए । हिन्दू– मुस्लिम धार्मिक हिंसाका कारण आगो सकिल्यो । लाखौँ मानिस पाकिस्तानबाट भारत र लाखौँ मानिस भारतबाट पाकिस्तानमा सरे ।
१४ अगस्ट १९४७ मा पाकिस्तान र १५ अगस्त १९४७ मा भारतले स्वतन्त्रता घोषणा गर्दै अलग–अलग देश निर्माण गरे । यसको २४ वर्षपछि २६ मार्च १९७१ मा पाकिस्तानबाट पूर्वी पाकिस्तान अलग भयो र बंगलादेश बन्यो ।
अन्य घटनाक्रम –
सन् १८९६– जापानमा विनाशकारी भूकम्प र त्यसपछि आएको सुनामीका कारण २२ हजार मानिसको मृत्यु ।
सन् १९८२– फकल्यान्डमा अर्जेन्टिनी सेना ब्रिटिस सेनासँग पराजित ।
सन् २००६– भारत र चीनबीच प्राचिन सिल्क रुट खोल्ने निर्णय ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण