भियतनामले कसरी कोरोनालाई हरायो ?
चीनसँगको लामो सीमा र ९.७ करोड जनसंख्या भएको भियतनामा कोरोना संक्रमितको संख्या ३३० देखिएको छ भने एकजनाको पनि मृत्यु भएको छैन ।
भियतनामले आखिर के गर्यो र, जसका कारण भाइरल फैलन पाएन ?
विशेषज्ञका अनुसार भियतनामले संक्रमणमाथि नियन्त्रण पाउनका लागि थोरै समय पायो र उसले त्यसको भरपुर प्रयोग गर्यो ।
भियतनामले संक्रमण नियन्त्रणमा लिनका लागि आवश्यक कदम तत्काल उठायो जुन लागू गर्न थुप्रै देशलाई महिनौं लाग्यो । यात्रा प्रतिबन्ध, चीनसँगको सीमामाथि नजिकको निगरानी गर्नुका साथै सीमा र अन्य स्थानमा चेकिङको सुविधा बढाउने काम तीब्र रुपमा बढायो ।
मार्चको मध्यसम्म भियतनामले अन्य देशबाट आउने र उनीहरुको सम्पर्कमा आएका सबैलाई १४ दिनका लागि क्वारेन्टिन सेन्टरमा पठाइरहेको थियो ।
यो लागू गर्न त्यहाँको सरकारले अत्यधिक मिहिनेत गर्नुपरेको थियो । विशेषज्ञका अनुसार अन्य देशले यहाँको सिको गर्नका लागि अब धेरै ढिला भइसकेको छ ।
स्रातेः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण