नेपालीहरुको उद्धारमा सलाम एयरः ओमानबाट १६६ यात्रु लिएर काठमाडौं अवतरण
काठमाडौं– ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जाहाज काठमाडौँ विमानस्थलमा अबतरण गरेको छ ।
विदेशमा बस्ने कोभिड–१९ बाट प्रभावित नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सम्बन्धित देश तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि आवश्यक प्रक्रिया पश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णय अनुसार सम्बन्धित देसका राजदूताबासबाट आवश्यक कार्यहरु अघि बढि नेपाल फर्किने काम प्रारम्भ भइसकेको छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट ब्यबस्थापनका सम्बन्धमा ओमान स्थित नेपाली राजदूताबाससँगको सहकार्यमा सलाम एयरले नेपालीहरुका लागि मानवीय सहयोग स्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको हो ।

बिपतको घडीमा ब्यबसायिक मुनाफा भन्दा पनि सेवाको भावनाका साथ अघि बढ्ने सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यान दिने ओमन स्थित नेपाली राजदूत र राजदूताबाससँग आबद्ध सम्पूर्ण कर्मचारीहरुले उक्त कदमलाई सकरात्मक रुपमा लिएका छन ।
सलाम एयरले नेपालमा आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ । नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको कुरा आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाए ।

ओमानको पहिलो बजेट क्यारिअरका रुपमा सन् २०१६ मा स्थापित सलाम एयरलाइन्सले व्यवसायिक क्षमतामा वृद्धि गरेको छ । ओमान मै ए३२० एनईओ भित्र्याउने पहिलो हवाई सेवाप्रदायकका रुपमा रहेको सलाम एयरले यसै वर्ष ६ वटा थप र २०२० सम्ममा २० वटा जहाज पु¥याउने लक्ष्य लिएको छ । हालसम्ममा २० वटा गन्तब्य रहेको यस एयरलाइन्सले निकट भविष्यमा नै आफ्ना थप गन्तब्यको घोषणा समेत गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण