सामाजिक क्षेत्रमा नयाँ युगको शुरुवात भएको छः मन्त्री गुरुङ
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सबै प्रकारका विभेदको अन्त्य गर्दै एकीकृत सामाजिक रुपान्तरण गर्न प्रभावकारी ढङ्गबाट काम गर्ने बताए ।
उनले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले ज्येष्ठ नागरिक आश्रम स्थापना गर्ने योजना अघि सारिएको प्रस्ट पारे । उनले भने- ‘जातीय भेदभाव तथा छुवाछूत, बोक्सी प्रथा, छाउपडी प्रथालगायत सबै प्रकारका विभेद अन्त्य गर्ने उद्देश्यले सरकाले सामाजिक रुपान्तरणको नीतिलाई अगाडि सारेको छ, लैङ्गिकमैत्री नेपाल घोषणा गर्दै समाजलाई आत्मनिर्भर बनाउने अभियान चालेका छौँ ।’ सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य समाजको निर्माण गर्न विद्यालयस्तरबाटै पाठ्यक्रम परिमार्जन गर्ने तयारीमा रहेको उनको भनाइ थियो ।
सांसद तारादेवी भट्ट र अनिता देवकोटाले क्वारेन्टिनमा महिला बलात्कार भएकोबारे राख्नुभएको प्रश्नमा मन्त्री गुरुङले भएका ऐन/कानूनको कार्यान्वयन सँगै चेतना मार्फत समाज रुपान्तराण गर्न नीतिनिर्माण गर्ने तयारी भइरहेको बताए । सडक बालबालिका मुक्त राष्ट्र बनाउने अभियानअन्तर्गत सरकारले तीव्र रुपमा काम गरिरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण