गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ
भैरहवा – चीनबाट आउनु पर्ने उपकरण र प्राविधिक जनशक्ति नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ भएको छ । यसअघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाइको मुख्य कारण बनेको हो ।
विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार धावनमार्गको लाइट फिक्स्चर र ब्यागेज ह्यान्डलिङ सिस्टमको कन्भेएर बेल्ट मुख्य रूपमा आउन बाँकी उपकरण हुन् । आउन बाँकी उपकरण चीनबाट अझै ढुवानी हुन नसकेको आयोजना प्रमुख अधिकारीले बताए ।
“अहिले चीनमा उपकरण प्याकिङ गर्ने र बैङ्किङ कागजात मिलाउने प्रयास भइरहेको छ, त्यो सकिएपछि उपकरण नेपाल आइपुग्न सडक मार्ग हुँदै कम्तीमा एकदेखि डेढ महिना लाग्छ । ’’ अरू उपकरण ९५ प्रतिशत आइसकेका छन् । लाइट फिक्स्चरजस्ता उपकरण नेपाली प्राविधिकले जडान गर्न सके पनि कन्भेयर बेल्ट जडान गर्न विदेशबाटै प्राविधिक आउनु पर्छ । “अबको समस्या भनेको विदेशमा रोकिएका कामदार, उपकरण जडान गर्ने प्राविधिक र बाँकी उपकरण ल्याउनु हो । त्यसका लागि अन्तर्राष्ट्रिय उडान र स्थलमार्ग वा सामुद्रिक मार्ग खुल्ला हुनु जरुरी छ,”आयोजना प्रमुख अधिकारीले भने ।
आउन बाँकी उपकरण आएपछि जडानको कामका लागि कम्तीमा पनि साढे दुईदेखि तीन महिना लाग्ने आयोजना प्रमुख अधिकारीको भनाइ छ । उपकरणसँगै ३० देखि ४५ जनासम्म प्राविधिक जनशक्ति चीनबाट आउनुपर्ने र अन्तर्राष्ट्रिय उडान नहुँदा पनि जनशक्ति आउन समस्या भएको उनले बताए । विमानस्थलमा अहिले नेपाली र चिनियाँ गरी पौने तीन सय कामदारले काम गरिरहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण