दिवंगत नायकको सम्झनामा श्रीमतीले लेखिन्, ‘मेरो गर्भमा हुर्किरहेको यो सुन्दर चमत्कारका लागि सदा आभारी छु’
दिवंगत कन्नड स्टार चिरञ्जिवी सरजाकी श्रीमती मेघना राजले आफ्ना श्रीमानका लागि निकै भावुक पोस्ट लेखेकी छिन् । चिरञ्जिवीको मृत्यु ७ जूनमा भएको थियो । उनको कार्डियक अरेस्टका कारण ३९ वर्षको उमेरमा निधन भएको हो ।
आफ्ना दिवंगत श्रीमानलाई सम्बोधन गर्दै उनी लेख्छिन्, ‘चिरु, मैले पुनः कोसिस गरेकी छु तर आफ्ना भावनालाई शब्दमार्फत् पोख्न सकिरहेकी छैन । तपाईं मेरो लागि को र के हो भनेर अर्थ्याउन संसारभरीका शब्द असमर्थ छन् । मेरो साथी, मेरो प्रेमी, मेरो बच्चा, मेरो विश्वासपात्र, मेरो श्रीमान् । र यी सबैभन्दा माथि तपाईं मेरो आत्माको एउटा हिस्सा हुनुहुन्छ, चिरु ।’
उनी थप्छिन्, ‘तपाईंलाई यो घरमा म अब कहिल्यै देख्न पाउँदिनँ र कहिल्यै छुन पाउँदिन भनेर जब सोच्छु तब अत्यन्त पीडा महसुस हुन्छ । मेरो मनमा एउटा डुब्दै गरेको भाव छ – अब म तपाईंलाई कहिल्यै छुन पाउने छैन । यो सोच मेरा लागि हज्जारौं मृत्यु सरह हो । जब म कमजोर महसुस गर्छु नि, तपाईं मेरा लागि एक ‘प्रोटेक्टिभ एन्जल’को रुपमा सधैं मलाई साथ दिन आइपुग्नु हुन्छ ।’
उनले आफ्नो गर्भमा हुर्किरहेको बच्चाबारे पनि लेखेकी छिन् । उनी थप्छिन्, ‘तपाईंले मलाई यति माया गर्नुहुन्छ कि मलाई कहिल्यै एक्लै छोड्न सक्नुहुन्नँ, होइन त ? हाम्रो सानो प्रेम मेरो लागि एक अनमोल उपहार हो । हाम्रो प्रेमको प्रतिक र यो सुन्दर चमत्कारका लागि तपाईंप्रति सदा आभारी छु । म तपाईंलाई हाम्रो बच्चाको रुपमा धर्तीमा फिर्ता ल्याउने प्रतिक्षा गरिरहेकी छु । म तपाईंलाई पुनः पाउनका लागि प्रतिक्षा गरिरहेकी छु । तपाईंको मुस्कानलाई पुनः हेर्नका लागि आतुर छु । तपाईंको त्यो हाँसो सुन्न प्रतिक्षा गरिरहेकी छु जसले पूरा कोठा उज्यालिन्थ्यो । म तपाईंको प्रतिक्षा गरिरहनेछु र तपाईं पनि मेरो प्रतिक्षा गरिरहनुहोस् । जबसम्म म सास फेर्छु, तपाईं जिवित रहनुहुनेछ । तपाईं मभित्र अमर हुनुहुन्छ । आई लभ यू ।’
स्मरण रहोस्, चिरञ्जिवी सरजा र नायिका मेघना राजले सन् २०१८ मा विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
