राहुल गान्धीले ५० औँ जन्मदिन नमनाउने
एजेन्सी । भारतको प्रमुख विपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धी शुक्रबार ५० वर्षमा लागेका छन् । तर भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले आफ्नो ५० औँ जन्म दिनका अवसरमा भने कुनै पनि कार्यक्रम नगर्ने भएका छन् ।
भारत र चीनबीचको सीमा क्षेत्र लद्दाखमा भएको हिंसामा परी भारतका सैनिक मारिएकोप्रति दुःख व्यक्त गर्दै उनले आफ्नो ५० औँ जन्मोत्सव नमनाउने हुनुभएको बताइएको छ । भारत र चीनबीचको लद्दाखस्थित ग्वालन भ्यालीमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको थियो । त्यस झडपमा भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ ।
त्यस्तै चीनका सैनिक पनि सो हिंसामा परी मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको भएपनि यस विषयमा चीनका तर्फबाट भने केही आएको छैन । त्यसैले आज परेको उनको जन्मदिनका अवसरमा देशभरका काँग्रेसका कार्यसमिति तथा विभागहरुलाई पनि केक काट्ने या त्यस्तो कुनै पनि कार्यक्रम नगर्न भारतीय काँग्रेसले नै सूचना जारी गरेको छ ।
देशमा दिन प्रतिदिन कोरोनाको महामारीबाट नागरिकको ज्यान गइरहेको तथा उता लद्दाखमा चिनियाँ सेनासँगको झडपमा परेर आफ्ना सैनिक मारिएकोले देशमा महोत्सव गर्ने अवस्था नरहेको गान्धीले बताएका छन् । बरु अप्ठेरोमा परेका नागरिकलाई औषधि तथा खानाका प्याकेटहरु बाँडेर उनीहरुलाई सहयोग गर्नु भनी काँग्रेस पार्टीले सूचना जारी गरेको समाचारमा जनाइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण