शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘इपिसेन्टर’ मधेश : चियापसलदेखि रक्सी भट्टीसम्म चुनावकै बहस

बिहीबार, २२ भदौ २०७४, १८ : २१
बिहीबार, २२ भदौ २०७४

जनकपुर । केही दिन अगाडि पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनकपुरको सडकमै चियापसलमा चिया पिए । सामान्य मतदातासँग संवाद गरे । उनको यो चुनावी प्रचारशैली अहिले पनि जनकपुरमा चर्चामा छ ।

जनकपुरमा झन्डै ३५ डिग्रीको गर्मी छ । विहानै ६ बजेदेखि चिया पसलमा मानिसहरुबीच यस्तो चुनावी बहस हुन्छ, मौसमी गर्मी भन्दा चुनावी बहसको गर्मी चर्को हुन्छ । विहिवार विहान जब रातोपाटीको टिम जनकपुरका केही चिया पसलमा पुग्यो, त्यहाँ चुनावमाथि भएको चर्को बहस सुनियो । बहसमा भाग लिनेमात्र होइन, केही यस्ता पात्र पनि भेटिए, जसलाई चुनावसँग कुनै सरोकार थिएन् ।

जनकपुरको जानकी मन्दिर परिसरमै छ मरवा । यो राम र सीताको विवाह भएको ठाँउ हो । यहाँ मर्निङ वाक गर्नेहरुको भीड हुन्छ । तीमध्ये धेरै कुनै न कुनै चिया पसलमा जान्छन् । गर्मीमा कडक चाय (धेरै चियापत्ति राखेको चिया) पिउँदै चुनावी बहसमा सहभागी हुन्छन् । त्यसो त अहिले चुनाव भएर चुनावी बहसले ठाउँ पाएको हो । राष्ट्रिय र मधेश राजनीतिमा जे विषय उठेको हुन्छ, चिया पसलमा बहस हुने कुरा त्यहीँ नै हो ।

जनकपुरको जानकी चोकस्थित चन्दे लस्सी एण्ड दही पसलमा विहानै चिया पिउनेहरुको भीड थियो । त्यसमा एक थिए, ६० बर्षका राजकुमार साह । सम्भावित चुनावी नतिजवारे उनले गरेको संकेत बढो जोडदार थियो । ‘बजारमा सवै राम्रो तरकारी मात्र आउँदैन । विष हालेको तरकारी पनि आउँछ । किनेर खानुपर्छ । तरकारी खान्न भनेर त भएन ।’ उनको संकेत थियो ‘अहिले विकल्प छैन, जे जस्ता पार्टी छन्, तिनैबाट कसैले जित्ने हो र सबै पार्टी उस्तै उस्तै हुन् ।’

मधेस ग्राउण्ड जिरो

‘इपिसेन्टर’ मधेश : दुई नम्बर प्रदेश बन्यो भिडन्तको केन्द्र

२ नम्बर प्रदेशको स्थानीय चुनावमा यस्तो छ महिला सक्रियता (फोटोफिचर)

उम्मेदवारलाई जनतामाथि होइन, जानकी मातामाथि विश्वास !

अहिले भुइँमा, जितेपछि कुर्सीमा (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : तनावपूर्ण आन्दोलन भएको मधेशमा कस्तो छ चुनावी सुरक्षा ?

उनलाई धनुषामा पार्टीहरुले टिकट वितरण गरेको अचम्म लागेको छ । पार्टीमा योगदान दिएका भन्दा पनि पैसा र शक्ति भएकाहरुले चुनावमा टिकट पाएको उनको भनाई थियो । उनले जनकपुरको चुनावमा काँग्रेस र राजपावीच मुख्य प्रतिस्पर्धा हुने अनुमान पनि सुनाए । तीन पार्टीको विरोधमा मधेशमा यसपाली जनमत रहेको उनको भनाई थियो । संविधान संशोधनमा एमालेले खेलेको भूमिकाले उसलाई यो चुनावमा हानी हुने उनको भनाई थियो ।

चिया पसलमै भेटिएका थिए, जनकपुर नगरपालिकामा ३७ बर्ष काम गरेर केही समय अगाडि रिटायर्ड भएका देशी मिश्रा । उनले जनकपुर महानगरपालिकामा राजपा र काँग्रेसबीच मुख्य प्रतिस्पर्धा रहेको सुनाए । उनले प्रमुख तीन दलले संविधान संशोधन र मधेशका माग पूरा गर्न ध्यान नदिएको भन्दै मधेशी जनताले त्यसको हिसाब–किताब यो चुनावमा निकाल्ने बताए । ‘राजपालाई आन्दोलनको जस जान सक्छ’ उनले सम्भावित चुनावी परिणामबारे संकेत गरे ।

चियापसलकै गफमा व्यस्त थिए ६३ बर्षका पंचलाल दास । उनी पहिलो र दोस्रो संविधानसभामा विसेन्द्र पासवानको दलित जनजाती पार्टीका तर्फबाट उम्मेद्वार भएका रहेछन् । उनले एमाले अध्यक्ष केपी ओलीले मधेश आन्दोलनलाई लिएर गरेको टिप्पणीप्रति आक्रोश पोखे, ‘मान्छे मर्दा आँप झरेको भन्ने ?, मानव साङ्लोलाई माखे साङ्लो भन्ने ? तराई मधेशलाई युपी विहारमा लैजाउ भन्ने ?’ । उनले जो जो पार्टीले मधेशी जनताको अपमान गरेका छन् र अधिकार दिन मानेका छैनन् ती पार्टीले अहिलेको चुनावमा नतिजा भोग्ने चेतावनी दिए । उनले मधेश काँग्रेसको गढ भएपनि उसले गरेको गल्ती चुनावी नतिजामा आउने बताए ।

चन्दे लस्सी पसलमा गरमागरम चुनावी बहस हुन्छ । तर, गन्जी मात्र लगाएर चिया पकाईरहेका पसलका साहुजीलाई चाही चुनावसँग कुनै मतलव थिएन । जब उनलाई सोधियो, ‘के छ चुनावको माहौल, ग्राहकहरु के भन्छन् ?’ उनले जवाफ दिए, ‘मलाई चुनावसँग केही सरोकार छैन् । कसले के भन्छ त्यो पनि सुन्दिँन । म काम गरेर बसेको हुन्छु । भोट हाल्ने दिन मन लागेको मान्छेलाई भोट हालौँला ।’

जनकपुरकै कैशाल पान पसलमा पनि ग्राहकहरुको भीड हुन्छ । रातोपाटी टिमले पान पसल पुगेर पान अर्डर गरेपछि पसल संचालक कैलाश साहसँग चुनावी संवाद शुरु गर्यो । ३० बर्षदेखि पान पसल चलाएका उनलाई चुनावले छोएको छैन । मिठा पान बनाउँदै उनले भने, ‘लाग्नेलाई चुनाव लाग्यो होला । हामीलाई लागेको छैन् ।’ उनको पान पसल जनपुरको चर्चित पान पसलमा आउँछ ।

कैलासको पानपसलमै बाहिर उभिएका थिए, राजु जयसवाल । उनले चाहीँ अलि फरक कुरा सुनाए । भने, ‘जसले पनि जित्न सक्छ । सूर्य पनि आउन सक्छ । रुख पनि पनि आउन सक्छ । साइकल पनि आउन सक्छ । बढी त साइकल कै चर्चा छ ।’

जयप्रकाशलाल कर्ण शिवचोकको विजय चियापसलमा भेटिएका थिए । उनले सवब दलले मधेशमा शक्ति केन्द्रित गरेर दुई नम्वर प्रदेशमा दवावको राजनीति गरेको आरोप लगाए । यस्तो दबाबको राजनीतिले स्वच्छ निर्वाचन नहुने उनको भनाई थियो । ‘यहाँ जर्वजस्तीको राजनीति भएको छ । सबै शक्ति नेताहरुले यतै लगाएका छन् । दबाबको राजनीति भएको छ । यस्तोमा मलाई स्वच्छ निर्वाचन हुन्छ जस्तो लाग्दैन’ उनले भने, ‘पैसाको बलमा गलत मान्छेले टिकट पाएका छन् । गलत मान्छेले चुनाव जित्छ ।’ उनले पनि जनकपुरमा रुख अर्थात काँग्रेस र साइकल अर्थात राजपाबीच चुनावी टक्कर रहेको बताए । उनले के कारणले मधेशीका माग सम्बोधन गर्ने गरी संविधान संशोधन भएन भन्ने प्रश्नको जवाफ अहिलेको चुनावबाट आउन सक्ने बताए ।

चिया पसलमा यस्तो पेचिला गफ हुन्थे । एक कप चिया पिउन आएकाहरु दुई तीन कप लिन्थे ।  

मधेस चुनावबारे यी समाचारहरु पनि पढ्नुहोस्

तराई–मधेशमा प्रचण्डको चुनावी रणनीति : सेल्फीदेखि राहतसम्म, एजेन्डादेखि ‘लभ’सम्म

एक नम्बर बन्न मधेसमा प्रचण्डको दौडधुप : यस्तो छ माओवादीको अंक गणित

२ नम्बरमा १ नम्बर बन्ने राजपाको दाबी, यस्तो छ अंकगणित

मधेशको भोट बैंकमा काँग्रेसका लागि राजपा चुनौति

मधेशबिरोधी ट्याग हटाएर एमाले बन्ला ‘नम्बर वान’ ? : यस्तो छ पोजिसन

मिसन २ नम्बर प्रदेश : मतदता आर्कषण गर्ने यस्ता छन् प्रमुख दलका चुनावी नारा

मधेशमा फोरमका तागत : ०६४ व्युताउँने ‘सपना’

यस्ता छन् प्रदेश नम्बर २ का एमाले उम्मेदवारहरु (सूचीसहित)

चुनावकै मुखमा मधेशमा राजपा र नयाँ शक्तिलाई माओवादीको धक्का

राजपाले २ नम्बर प्रदेशको सबै स्थानीय तहमा उम्मेदवार पाएन (सूचिसहित)

यी हुन् कांग्रेसका २ नम्बर प्रदेशका उम्मेदवार (सूचिसहित)

माओवादी हेडक्वाटरबाट आयो ३१ स्थानीय तहको उम्मेदवारको नामावली (हेर्नुहोस् सूचि)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप