चीनसँग विवाद चर्किरहेका बेला भारतीय सेनाले पायो हतियार खरिदको अनुमति
एजेन्सी । चीन लगायतका छिमेकीहरुसँग सीमा विवाद बढिरहेका भारत सरकारले सेनालाई हतियार खरिद गर्न अनुमति दिएको छ । एक बरिष्ठ सरकारी अधिकारीका अनुसार तीनवटै सेनाका उपप्रमुखहरुलाई ५०० करोड रुपैयाँसम्मको हतियार खरिद गर्न अनुमति दिइएको हो । यो अनुमतिलगत्तै उनीहरुले द्रुत प्रक्रिया (फाष्ट ट्रयाक सिष्टम) बाट हतियार खरिद गर्न सक्ने जनाइएको छ ।
वास्तवमा चीनले पूर्वी लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) मा आफ्नो सेनालाई बढाउँदै लगेपछि भारतले हतियार खरिद र सैनिक तयारीलाई तिव्रता दिएको हो । सोही परिस्थितिलाई मध्यनजर गर्दै भारत सरकारले सेनाका लागि थप हतियार किन्न अनुमति दिएको छ । दुई देशबीच देखिएको विवादका स्थितिमा यी हतियारहरु भारतीय सेनाका लागि सहयोगी सावित हुने जनाइएको छ ।
उरी हमलापछिको बालाकोट हवाई हमला हुनुअघि पनि भारतीय सेनालाई यस्तै किसिमको वित्तिय अधिकार दिइएको थियो । त्यसबेला भने वायु सेनाका लागि बढी अधिकार प्राप्त थियो । त्यसबेला वायु सेनाले एयर टु ग्राउन्डसँगै एयर टु एयर वार(युद्ध) गर्न सक्ने अत्याधुनिक मिसाइल खरिद गरेको थियो । योसँगै अमेरिका र इजरायलबाट निर्देशित म्युनेशन मिसाइलहरु प्नि खरिद गरिएको थियो ।
आइतबार रक्षामन्त्री राजनाथ सिंहले तीनवटै (जल, स्थल र हवाई) सेना प्रमुखहरुसँग बैठक बसेका थिए । उनले सबै सेना प्रमुखहरुलाई वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनप्रति कडा हुन निर्देशन दिएका छन् । सरकारले सेनालाई चिनियाँ सेनासँग कस्तो व्यवहार गर्ने भन्ने विषयमा स्वतन्त्रता दिएको छ । योसँगै अब चिनियाँ सेनासँग झडप भैहाले माथिको आदेश पर्खेर भारतीय सेना नबस्ने भएको छ ।
जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच लद्दाखको गल्भान उपत्यकामा हिंसात्मक झडप हुँदा भारतीय सेनाका कर्नेलसहित २० जना मारिएका थिए । चिनियाँ सेनातर्फको क्षति विवरण भने आइसकेको छैन । त्यसयता दुई देशबीचको विवाद थप उत्कर्षमा पुगेको छ । –दैनिक भाष्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण