मौद्रिक नीतिअघि शेयर बजार नखुल्ने संकेत
काठमाडौं । मौद्रिक नीतिभन्दा अघि शेयर बजारको कारोबार नखुल्ने देखिएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल राष्ट्र बैङ्कलाई दिएका सुझावहरु कार्यान्वयन नभएसम्म बजार खोल्न नसक्ने जनाएसँगै शेयर बजार अनिश्चित बनेको हो । मौद्रिक नीतिका लागि राष्ट्र बैङ्कलाई सुझाव दिँदै नेपाल धितोपत्र बोर्डले शेयर धितोमा प्रवाह हुने कर्जाको मार्जिन बढाउन, मार्जिन कलको न्यूनतम सीमा निर्धारण गर्न तथा कनेक्ट आईपीएसमार्फत् हुने भुक्तानीको सीमा हटाउन माग गरेको थियो । यो सुझाव कार्यान्वयन भए मात्रै बजारमा पूर्णरुपमा अनलाइन कारोबार गर्न सकिने बोर्डको तर्क छ । त्यो नभएसम्म बजार खोल्न नसक्ने तर्क बोर्डले गरेको हो । यसको स्पष्ट संकेत बोर्डले शेयर बजारसम्बद्ध सरोकारवालाहरुलाई दिइसकेको छ ।
यसअघि बोर्डले यो सातादेखि कारोबार सञ्चालन गर्न अनुमति दिने संकेत दिएको थियो । तर पछिल्लो समय यी दुई माग पूरा नभएसम्म कारोबारको अनुमति दिन नसक्ने जनाएको स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । नेपाल आर्थिक पत्रकार संघको कार्यक्रममा रानाभाटले भने, ‘उहाँहरुले यो सातादेखि बजार खोल्छौं भन्नुभएको थियो तर अहिले यी दुईवटा माग राष्ट्र बैंकले पूरा नगरेसम्म बजार खोल्न सक्दैनौँ भन्नुभएको छ । हामी पनि उहाँहरुले राखेको माग पूरा हुनुपर्छ भन्छौँ । तर यसैको नाममा शेयर बजारलाई बन्धक बनाएर राख्नुहुन्न ।
यसअघि बोर्डले यो साताबाट बजार खुलाउने जनाएको थियो । तर, आइतबार सूर्यग्रहणको दिन भएकोले सोमबारदेखि कारोबार खुला गर्न ब्रोकरहरुले सुझाव दिएका थिए । बोर्डले उक्त विषयलाई बटमलाइन बनाएको अवस्थामा मौद्रिक नीतिपछि बजार खुल्न सक्दैन । ती मागहरु मौद्रिक नीतिमार्फत् मात्रै पूरा हुन सम्ने भएकोले मौद्रिक नीति नआएसम्म बजार कारोबार खुला हुन नसक्ने अवस्था सिर्जना भएको हो । बोर्डको यस्तो लगानीकर्ताहरु भने मौन समर्थन जनाएर बसेका छन् । अहिले बजार खोल्दा बजार बढ्नसक्ने सम्भावना निकै कम भएका कारण बजारमा सकारात्मक मनोविज्ञान विकास नभएसम्म बजार खोल्ने माग गर्न नगर्ने उनीहरुको रणनीति छ ।
अर्थ मन्त्रालयले समेत यो अवस्थामा बजार नखोल्ने संकेत दिइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण