आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिल्पाको फोटो खिचिरहेका दुई फोटोग्राफरमाथि निर्घात कुटपिट, दुई बाउन्सर्स पक्राउ

शुक्रबार, २३ भदौ २०७४, ११ : ४४
शुक्रबार, २३ भदौ २०७४

एक होटल बाहिर शिल्पा सेट्टी र उनका श्रीमान राज कुन्द्राको फोटो लिन कोसिस गरिरहेका दुई फोटोग्राफरमाथि होटलका दुई बाउन्सर्सले निर्घात कुटपिट गरेका छन् । उक्त घटनामा  एक फोटोग्राफरलाई गहिरो चोट लागेको छ । फोटोग्राफरको उजुरीपश्चात् पुलिसले मुद्दा दर्ता गरेर दुई बाउन्सर्सलाई पक्राउ गरको छ।

जानकारीका अनुसार घटना बिहिबार राती १ देखि २ बजे बिचको हो । शिल्पा शेट्टी, राज कुन्द्रा मुम्बईको खार इलाकामा रहेको बस्तियन होटलबाट बाहिरिए ।

उनीहरुलाई देखेर केही फोटोग्राफर्सले फोटो खिच्न सुरु गरे । शिल्पा शेट्टी पनि निकै सहज तरिकाले होटल बाहिर फोटोग्राफरलाई पोज दिइरहेकी थिइन् ।

यसै क्रममा होटलबाट दुई बाउन्सर आए र फोटोग्राफरलाई त्यहाँबाट जानका लागि आग्रह गरे । फोटोग्राफरले उनीहरुको कुरा नसुनेझैं गरे र शिल्पाको फोटो खिचिरहे ।

त्यसपछि शिल्पा आफ्नो कारमा बसिन् होटलका बाउन्सर्सले फोटोग्राफरमाथि हमला गरे ।

पक्राउ परे दुबै बाउन्सरः

उक्त घटनामा राजू र हिमान्शु शिन्दे नामका दुई फोटोग्राफरलाई निकै चोट लाग्यो । एउटा फोटोग्राफरले यति धेरै कुटाई खाए कि उनको कपडा च्यातियो र अनुहारबाट रगत बग्न थाल्यो ।

घटनापछि फोटोग्राफरले पुलिसलाई फोन गरेर यसबारे जानकारी दिन खाजेता पनि न त पुलिसको फोन उठ्यो न नै कोही उनीहरुको सहयोगका लागि आए ।

दुर्घटनाको एक घण्टापछि होटल मालिकले फोन गरेपछि पुलिस त्यहाँ पुग्यो । त्यसपछि दुबै आरोपीलाई पक्राउ गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप