बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

४ सय ६० मध्ये ४ सय ३ वटा गाउँपालिकाको बजेट सार्वजनिक

बिहीबार, ११ असार २०७७, १४ : १९
बिहीबार, ११ असार २०७७

काठमाडौं । देशभरका ४ सय ६० वटा गाउँपालिकामध्ये ४ सय ३ वटाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ । 

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै ४ सय ३ (८८ प्रतिशत) गाउँपालिकाहरुले समयसीमा भित्र नै नीति तथा कार्यक्रम पेश गरेको जानकारी दिएको हो । यो संख्या विगतको आर्थिक वर्ष भन्दा धेरै रहेको पनि महासंघले जनाएको छ । 

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंक्तिमा रहेर कार्य गरिरहेको व्यस्तताको बीच पनि तोकिएको समयसीमा भित्र नीति तथा कार्यक्रम ल्याउने सबै गाउँपालिकाकाहरुलाई महासंघले धन्यवाद व्यक्त गरेको छ । 

जनप्रतिनिधिहरुको निधन भएको, नेतृत्व अस्वस्थ्य भई अस्पतालमा उपचारार्थ रहेको, कोभिड १९ को संक्रमणको कारण गाउँपालिका नै सिल गरिएको, प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिती रहेकोलगायतका कारणले केही गाउँपालिकाहरुको भने नीति तथा कार्यक्रम पेश हुन ढिलाइ भएको महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

नेपालको संविधान र संघीय कानुन बमोजिम स्थानीय सरकारहरुले आषाढ १० गते भित्र आगामी आवको नीति तथा कार्यक्रम र वजेट आ–आफ्नो सभामा पेश गर्नु पर्ने व्यवस्था छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप