लकडाउनको अवधिमा पनि प्रदेश ५ मा दुर्घटनाबाट ६४ जनाको मृत्यु, ३१२ जना घाइते
बुटवल । सरकारले गरेको लकडाउनको अवधिमा प्रदेश पाँचमा ६४ जनाले दुर्घटनाका कारण ज्यान गुमाएका छन् । यस्तै ३१२ जना घाइते भएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिनका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो ।
प्रदेश पाँचका १२ जिल्लामा लकडाउन भएको ३ महिनाको अवधिमा २३५ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा परि ६४ जनाको मृत्यु भएको र ३१२ जना घाइते भएको पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।
प्रहरीले उपलब्ध गराएको तथ्यांकमा प्रदेश पाँचमा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुर्घटनामा परी मृत्यु हुनेको संख्या घटेको छ । चालु आर्थिक वर्षको असारको १० गतेसम्म ४५९ जनाको दुर्घटनामा परी मृत्यु भएको छ । अघिल्लो अर्थिक वर्षमा प्रदेश पाँचमा दुर्घटनामा परि सोही अवधिमा ६२३ जनाको मृत्यु भएको थियो ।
ट्राफिक प्रहरीले प्रदेश पाँचमा लकडाउनको अवधिमा ६० लाख १७ हजार ५ सय रुपैंया राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको असार १० गतेसम्म ९ करोड ८४ लाख ७३ हजार रुपैंया राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट गत आर्थिक वर्षमा १४ करोड ४१ लाख ९४ हजार ५ सय रुपैंया र आर्थिक वर्ष ०७४÷७५ मा १९ करोड ३१ लाख ६ हजार ५ सय रुपैंया राजश्व संकलन भएको थियो ।
अघिल्लो वर्षको तुलनामा राजश्व संकलन कमी हुनुमा मुख्य त लकडाउन नै भएको ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।
लकडाउन अवधिमा प्रदेश भित्र ५० हजार ८९९ वटा सवारी साधन भित्रिएका छन् भने ६७ हजार ८२० वटा सवारी साधन प्रदेशबाट बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण