थपिए ३२ नयाँ संक्रमित, कुल संक्रमित संख्या ८३८ पुग्यो
पोखरा । शनिबार बिहान गण्डकीमा ३२ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्याङ्जा, बागललुङ र नवलपुरमा गरि ३२ नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितमध्ये बागलुङको ढोरपाटन नगरपालिकामा १, काठेखोला गाउँपालिकाका ७ पुरुष गरि बागलुङमा ८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरि स्याङ्जामा पुष्टि भएका संक्रमितमध्ये पुतलीबजार नगरपालिकामा र बिरुवा गाउँपालिकामा एक एक जना पुरुष । अर्जुनचौपारी गाउँपालिकामा १२ महिनो शिशु सहित १३ पुरुष र ६ महिला, बालिङमा एक पुरुया गरि २२ नयाँ संक्रमित स्याङ्जामा थपिएका छन् ।
नवलपुरको हुप्सेकोट गाउँपालिकामा २ जना पुरुष संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या ८३८ पुगेको छ । नवलपुरको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला कठमाडौंमा, वालिङका संक्रमितको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्यको स्वाब प्रदेश क्षय रोग केन्द्र पोखरामा जाँचिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण