नदीमा पौडी खेल्न गएका १ युवक बेपत्ता
रौतहट । रौतहटको दक्षिणी भेग राजपुर नगरपालिकास्थित लालबकैया नदीमा पौंडी खेल्न गएका १ युवक बगेर बेपत्ता भएका छन । सँगै बेपता भएका अर्का एक युवकलाई प्रहरीले उद्धार गरेको छ । नदीमा पौडी खेल्न गएका राजपुर ८ का शेख कलिमको छोरा २५ वर्षीय शेख फिरोज अपरान्ह ३ बजे नदीको भेलमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनीसँगै नदीमा बेपता भएका सोही ठाँउका ३० वर्षीय हजारी मियालाई भने प्रहरीले जिवितै उद्धार गरेको छ । वेपत्ता भएको स्थान बाट झण्डै ३ सय मिटर पर गाउँले र प्रहरीको सहयोगमा मियाँलाई उद्धार गरिएको ईलाका प्रहरी कार्यालय राजपुरका प्रमुख सई दिपक गुप्ताले जानकारी दिए । सई गुप्ताको नेतृत्वमा टोली उद्धारमा खटेको थियो ।
बेपत्ता फिरोजको खोजी भइरहेको गुुप्ताले बताएका छन् । गएराती १२ बजेदेखि लगातार परिरहेको बर्षासँगै आज बिहानैदेखि लालबकैया नदीमा बाढी आएको छ । त्यसैगरी जिल्लाको पूर्वी भेगस्थित बाग्मती नदी, चाँदी खोला लगायत खोलामा पनि बहावको स्तर उच्च भएको छ ।
लगातार बर्षाका कारण सदरमुकाम गौरस्थित मुख्य बाटोमा २ फिट सम्म पानी जमेकाले कतिपय कार्यालय प्रभावित भएको छ भने आवत जावतमा कठिनाई भएको छ । यसैबीच रौतहटका सिडिओ वाशुदेव घिमिरेले मौसमविदहरुको भनाई उदृत गर्दै एक सूचना प्रकाशित गरी अगामी ३ दिनसम्म नदी (खोला)मा पानीको स्तर बढेर बाढी आउने भएकोले सजग रहन जिल्लावासीलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौं परिसरबाट थुनुवा भागे
-
दुई हिमाल आरोहणपछि कविता नेपालीले के भनिन् ?
-
चिहानबाट चोरिएको जिम माेरिसनको मूर्ति ३७ वर्षपछि भेटियो
-
एकीकृत समाजवादीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा (कार्यतालिकासहित )
-
बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य
-
गभर्नर पौडेलको पहिलो निर्णय : ५ सय र हजारका नोट छाप्न हस्ताक्षर