आजको मौसम पूर्वानुमान
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ ।
यसैगरी, महाशाखाले हाल देशमा सामान्य देखि पूर्ण बदली रहेको र देशभर केही स्थानहरुमा वर्षा भईरहेको जानकारी दिएको छ ।
यसैगरी, महाशाखाले दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ।
यस्तै, प्रदेश १ , प्रदेश २, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
महाशाखाको पूर्वानुमानको अनुसार आज राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यता, प्रदेश १ ,प्रदेश २ ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनबारे सोचेर मात्र बोल्न माधव नेपालको निर्देशन
-
हिरामन्डी बन्यो भारतमा सबैभन्दा धेरै हेरिएको वेब सिरिज
-
लागुऔषध कारोबारी तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर
-
दुर्गमका सबै पालिकामा सुलभ रुपमा नुन उपलब्ध गराउन संसदीय समितिको निर्देशन
-
प्रदेश सरकारलाई अधिकार प्राप्त भएन : शर्मा
-
उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा के छ ? (पूर्णपाठसहित)