सीसीएमसीपछि मन्त्रिपरिषद् बैठक : सीमा नाका र हवाइ उडानबारे निर्णय हुने
काठमाडौं । मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । अपरान्ह चार बजेपछि बैठक बस्ने जानकारी आएको एक मन्त्रीले जानकारी दिए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
यसैबीच, उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठक जारी छ ।
सिंहदरबारमा* बसेको बैठकमा कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारमा भइरहेका प्रगतिका बारेमा मन्त्रालयगत रुपमा छलफल भइरहेको छ ।
त्यस्तै सीसीएमसीको सोमबारको बैठकले समग्र परिस्थिलाई विश्लेषण गरेर हवाई सेवा र सीमा नाकाका बारेमा केही निर्णय गर्दै मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्ने सम्भावना रहेको ती मन्त्रीले जानकारी दिए ।
यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले असार २१ गतेसम्म सीमा नाका र हवाइसेवा बन्द गर्ने निर्णय गरेको थियो ।
त्यस्तै सार्वजनिक यातायातबारे पनि बैठकमा विभिन्न कोणबाट छलफल हुने बुझिएको छ । सरकारले चैत ११ गतेबाट लागू गरेको लकडाउनमा गत असार १ गतेदेखि केही खुकुलो बनाउँदै निजी सवारी साधन जोरबिजोरका आधारमा चलाउन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवीन समझदारी नै अबको निकास
-
निर्माण व्यवसायीहरूलाई राज्यबाटै कमजोर पारियो: अध्यक्ष सिंह
-
योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दै छौँ : उपप्रधानमन्त्री श्रेष्ठ
-
नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्वारा लुम्बिनी भ्रमण
-
बागलुङको लाम्मेलामा आगलागी, दुई घर जले
-
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा