सीसीएमसीपछि मन्त्रिपरिषद् बैठक : सीमा नाका र हवाइ उडानबारे निर्णय हुने
काठमाडौं । मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । अपरान्ह चार बजेपछि बैठक बस्ने जानकारी आएको एक मन्त्रीले जानकारी दिए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
यसैबीच, उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठक जारी छ ।
सिंहदरबारमा* बसेको बैठकमा कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारमा भइरहेका प्रगतिका बारेमा मन्त्रालयगत रुपमा छलफल भइरहेको छ ।
त्यस्तै सीसीएमसीको सोमबारको बैठकले समग्र परिस्थिलाई विश्लेषण गरेर हवाई सेवा र सीमा नाकाका बारेमा केही निर्णय गर्दै मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्ने सम्भावना रहेको ती मन्त्रीले जानकारी दिए ।
यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले असार २१ गतेसम्म सीमा नाका र हवाइसेवा बन्द गर्ने निर्णय गरेको थियो ।
त्यस्तै सार्वजनिक यातायातबारे पनि बैठकमा विभिन्न कोणबाट छलफल हुने बुझिएको छ । सरकारले चैत ११ गतेबाट लागू गरेको लकडाउनमा गत असार १ गतेदेखि केही खुकुलो बनाउँदै निजी सवारी साधन जोरबिजोरका आधारमा चलाउन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण